• ७ जेठ २०८१, सोमबार

मुख्यमन्त्री राहत वितरणमा व्यस्त : पीडितद्वारा अस्थायी बसोबासको माग

blog

चौरजहारी नगरपालिका ४ मा राहत वितरण गर्नुहुँदै मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : मुख्यमन्त्रीको सचिवालय ।

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २२ गते । गते शुक्रबार गएको भूकम्पपछि प्रभावित क्षेत्रमै रहेर उद्धार, उपचारलगायत समन्वयका काममा निरन्तर रहनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा यतिखेर राहत वितरणमा लाग्नु भएको छ । 

बुधबार उहाँले आफैँ प्रभावितसमक्ष पुगेर राहत वितरण गर्नुभएको छ । चौजहारी नगरपालिका वडा नम्वर ४ मा रहेका भूकम्प प्रभावितलाई राहत वितरण गर्नुहुँदै मुख्यमन्त्री शर्माले भूकम्पले सिर्जना गरेको विपत्तिलाई सबै एकताबद्ध भएर सामना गर्नुपर्ने बताउनु भयो । सबै मिलेर विपत्तिको सामना गर्नुको बिकल्प नरहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री शर्माले भूकम्प प्रभावितको खोज उद्धार, उपचार कार्यपश्चात राहत र पुनःस्थापनामा ध्यान अघि बढेको बताउनुभयो । उहाँले जनताको सक्रियता, सरकार र सहयोगीदाता सबैको पहलबाट चुनौतीको सामना गर्न सकिने उल्लेख गर्नुभयो ।

एक्लैले मात्र नभै सामूहिकतामा मात्र विपत्तिको सामना गर्न सम्भव रहेको बताउनुहुँदै मुख्यमन्त्री शर्माले राहत, पुनःस्थापन र पुनर्निर्माण कार्य सबै मिलेर मात्र पूरा गर्न सकिने बताउनुभयो । 

विपत्तिमा भनेजस्तो व्यबस्थापन नभए पनि पहिलो दिनदेखि खोज, उद्धार र उपचारलाई जोड दिएर लागेको सरकार अहिले राहत संकलन, वितरण र पुनःस्थापनामा लागेको मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले प्राकृतिक विपत्तिबाट शिक्षा लिएर अघि बढने शर्माको भनाइ छ । जाजरकोट, पश्चिमरुकुम र सल्यानका भूकम्प प्रभावित छेत्रमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु खटिएको बताउनुभयो । 

यसैबिच चौरजहारीका विभिन्न भूकम्प प्रभावित ठाउँमा पुग्नुभएका मुख्यमन्त्री शर्मासँग भुकम्प प्रभावितले तत्काल अस्थायी बसोबास व्यवस्था गरिदिन आग्रह गरेका छन् ।