• ७ जेठ २०८१, सोमबार

जाजरकोटको बारकोटमा राहत वितरण

blog

जाजरकोटको बारकोट गाउँपालिका–२ को रोकाया गाउँमा राहत वितरण गरिँदै । तस्बिर : कविता थापा

जाजरकोट, कात्तिक २२ गते । जाजरकोटका भूकम्पपीडितलाई राहत वितरण गरिएको छ । जाजरकोटको बारकोट गाउँपालिका–२ को रोकाया गाउँमा राहत वितरण गरिएको हो । 

जाजरकोटका भूकम्पपीडितलाई गृह मन्त्रालयको नेतृत्वमा विभिन्न संघसंस्थामार्फत् राहत वितरण गरिएको छ । हालसम्म राहत कार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट जाजरकोटका भूकम्पपीडितलाई वितरण गरिएको हो ।

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट हालसम्म १५३ जानको मृत्यु भएको छ । यसैगरी, भूकम्पमा परी ३७५ जना घाइते भएका छन् ।