• ९ मंसिर २०८१, आइतबार

‘जुम्लाकी भाउकन’ तयार

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज २६ गते । हुम्लाका युवाले पर्यटकीय क्षेत्र र मौलिक पहिचान झल्किने दृश्य समेटेर ‘जुम्लाकी भाउकन’ म्युजिक भिडियो तयार पारेका छन् । जिल्लाभित्रका गाउँ गाउँ प्रचारप्रसार हुन नसकेका पर्यटकीय स्थल र मौलिकता झल्किने दृश्य भिडियोमा कैद गरेका छन् । 

भिडियोमा ‘फेसबुकैमा माया बस्यो’ बोलको गीतको छायाङ्कन गरिएको हो । सर्केगाड गाउँपालिका–६ को पर्यटकीय क्षेत्र सिताङ र बराई गाउँमा छायाङ्कन गरिएको भिडियोको दृश्यले मौलिक पहिचान झल्काइदिएको छ । 

भिडियोका निर्देशक एमबी थापा स्थानीय मोडल जान ठकुरी  र सुस्मिता रोकायालाई अभिनय गराएर ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने प्रयास गरेको बताउनुहुन्छ । गीतको शब्द तथा लय गायक अमृतकुमार अनमोल र भरत बरालको कम्पोजिसनमा रहेको छ । आठ मिनेटको भिडियो दसैँको अवसरमा सार्वजनिक गरिने निर्देशक थापाले बताउनुभयो ।