कुलाम्मे देवताहरुको तीर्थस्नान
कुलाम्ह देवतालाई विभिन्न धार्मिक क्षेत्रको दर्शन तथा गंगास्नान गराएर पवित्र बनाइ पूजाआजा गरिएको छ ।
राज्यबाट न्याय नपाएको पीडितको गुनासो
देशमा शान्ति स्थापना भएको १७ वर्ष बितिसक्दा पनि न्याय नपाएको द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । शान्ति स्थापनाका क्रममा बेपत्ता पारिएका व्यक्तिका विषयमा अहिलेसम्म पनि सरकार बेखबरजस्तो बनेको उनीहरूको आरोप छ ।
‘उमेर नपुगी विवाह गर्दैनौँ’
कालीकोटको तिलागुफा नगरपालिकामा पहिलो पटक दुई सय ६३ जना बालबालिका भेला भएर उमेर नपुगी विवाह नगर्ने घोषणा गरेका छन् ।
केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव
जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ ।
तिब्बती मार्ग हुँदै खाद्यान्न हिल्सा पुग्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठामाडौबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर आएको खाद्यान्न हिल्सामा आई पुगेको छ । खाद्यान्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आई पुग्न तीन दिन लगाएका हुन ।
सेनानी पण्डित चार दिनदेखि बेपत्ता
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्कनुभएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उहाँको खोजी गर्न थालिएको थियो ।
जनता आवासका घर बेवारिस
खार्पुनाथ गाउँपालिका–२ को सुकाडिलको औलमा लक्षित वर्गका लागि सात वर्षअघि निर्माण गरिएका घरमा अहिलेसम्म पनि बसोबास गराइएको छैन। न्यून आयस्रोत भएका परिवारलाई अपायक पर्ने स्थानमा आवास निर्माण गरिएकाले बसोबास गराउन नसकिएको हो। जस्तापाताले छाएका तीनकोठे ११ वटा घर निर्माण गरिएका छन्।
कर्णालीका अस्पताल चिकित्सक दरबन्दी छ, पदपूर्ति छैन
कर्णालीले वर्षौंदेखि स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव झेल्दै आएको छ। दक्ष जनशक्तिविहीन जिल्ला अस्पतालले करारकै भरमा सेवा दिनुपर्ने बाध्यता छ। पूर्वाधारको अवस्था पनि उस्तै छ। वर्षौं पुराना जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही लगानी गरे पनि त्यो पर्याप्त छैन। जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो छ। स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) डोल्पाका लागि नवौँ तहका तीन चिकित्सकको स्वीकृत दरबन्दी छ तर दरबन्दी अनुसार एक जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। एक जना मेडिकल अधिकृतका भरमा अस्पताल सञ्चालनमा छ। तथापि अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी छ।
सात महिनामा पाँच सय मुद्दा दर्ता
पछिल्लो समय चेक बाउन्सका मुद्दाहरू बढ्दै गएका छन् । पछिल्लो सात महिनाको अवधिमा चेक बाउन्स अनादर सम्बन्धी झण्डै पाँच सय मुद्दाहरू दर्ता भएको सुर्खेत प्रहरीले जनाएको छ ।
मुगमकार्मारोङमा राज्यको दृष्टि अझै परेन
कर्णालीका ७९ स्थानीय तहमध्ये सडक मार्गले नजोडिएको एक मात्र पालिका हो, मुगुको मुगमकार्मारोङ गाउँपालिका। सोही पालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित छिरिङ क्याप्ने लामाले विकास, समाजसेवा र नागरिकको हकहितका लागि खट्ने जुझारु एक पाको नेतृत्वको पहिचान बनाउनुभएको छ। जिल्ला सदरमुकाम गमगढी बजारदेखि ५० किलोमिटरको मुगमकार्मारोङ पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ। भौगोलिक रूपमा दुर्गम भए पनि प्राकृतिक सौन्दर्य र बहुमूल्य जडीबुटी यार्सागुम्बाका कारणले प्रख्यातसमेत छ। प्रस्तुत छ, गाउँपालिका अध्यक्ष लामासँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुको कुराकानी–
केदारनाथ बुदबुदी महोत्सव सुरु
जुम्ला जिल्लाको सिँजामा केदारनाथ बुदबुदी महोत्सव आइतबारदेखि सुरु भएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले सिँजा गाउँपालिका–४ स्थित केदारनाथ बुदबुदी महोत्सवको उद्घाटन गर्नुभयो। मन्त्री विसीले सिँजाको केदारनाथलाई प्रदेश सरकारले धार्मिक पर्यटनका रूपमा प्रवर्धन गर्न प्राथमिकता दिने बताउनुभयो। उहाँले सिँजाको संस्कृति र इतिहासलाई बचाउन र संसार सामु ल्याउन यस क्षेत्रमा पूर्वाधार विकासको आवश्यकता रहेको चर्चा गर्नुभयो।
छायामा छायानाथ
हिन्दुमार्गीले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएको छायानाथ तीर्थस्थललाई बौद्धमार्गीले समेत उत्तिकै श्रद्धापूर्वक दर्शन गर्दै आएका छन्। जनैपूर्णिमाका दिन मोक्ष प्राप्तिका लागि छायानाथको दर्शन गर्न जुम्ला, कालीकोट, दैलेख, जाजरकोट हुम्लालगायत जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्।
डोल्पामा नेपाली सेनाका गुल्मपति दुई दिनदेखि बेपत्ता
नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता हुनुभएको हो ।
करार चिकित्सकको भरमा हुम्ला जिल्ला अस्पताल
स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ । अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ । १२ जनाको दरबन्दी रिक्त छ ।
दश दिनपछि खुल्यो खुलालु हिल्सा कोरिडोर
कर्णाली कोरिडोरको खुलालु सडक खण्ड दश दिनपछि सुचारु भएको छ । खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको वाया पट्टीको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक सञ्चालनमा आएको छ ।
परम्परागत पहिरनमा युवा पुस्ताको आकर्षण
हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ । यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो पहिरनप्रति आकर्षित हुन थाल्नुभएको हो ।
जाजरकोटलाई अँध्यारोमुक्त बनाउन तीन अर्बको ठेक्का
जाजरकोटलाई दुई वर्ष भित्र पूर्ण विद्युतीकरण बनाउनको लागि तीन अर्बको ठेक्का सम्झौता गरिएको छ । वितरण प्रणाली विस्तार तथा स्तरोन्नति आयोजना अन्तरगत यो निर्माण कार्यको काम अघि बढेको जनाइएको छ ।
दिनभर बाँदर धपाउँदै किसान
बाली लगाएर बाँदर, बँदेल, दुम्सी, स्यालजस्ता वन्यजन्तुबाट जोगाउन पहाडी जिल्लामा निकै कठिन हुँदै गएको छ । खेतबारीमा लगाइएको बाली जोगाउन बिहानदेखि बेलुकासम्म किसानले चौकीदारी नगरी सुखै छैन । नलगाड, भेरी, छेडागाड नगरपालिका, बारेकोट, जुनीचाँदे, शिवालय र कुशे गाउँपालिकामा बाँदर सँगसँगै जङ्गली जनावर दुम्सी, स्यालले मकै खेती नष्ट पारेपछि किसान हैरान भएका छन् । खेतबारीका किसानले दैनिक चौकीदारी गरिरहेका छन् ।
चिनियाँ ट्रकमा नेपाली बसको यात्रा
रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु-याइएको छ । राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपियाँ रहेको बताइएको छ ।
कर्मचारी कुटेको आरोपमा तालाबन्दी
रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । कार्यालयभित्रै उपप्रमुखद्वारा कर्मचारी कुटिएको भन्दै नगरपालिकाको कामकाज ठप्प भएको हो ।
पहिराेले भेरी करिडोरको करबगाड खदाङ्ग सडक अवरुद्ध
भेरी करिडोर अन्तर्गत डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ ।
क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु
स्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ ।
कर्णाली प्रदेश पूर्ण साक्षर बनाइँदै
कर्णाली प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणाका लागि आवश्यक तयारी थालिएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिमलाई साक्षर जिल्ला घोषणा गरिसकेको छ। कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा जिल्ला बाँकी रहेका छन्। सरकारले जारी गरेको मापदण्ड पूरा गरेका जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो।
मान्छे लगाएर हत्या गरेको नेता शाहीको स्वीकार
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो।