धान राख्ने बाँसको भकारी
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएका बाँसबाट निर्मित भकारी । परम्परागत सीपको प्रयोग गरी निर्माण गरिएका बाँसका भकारी धान, गहुँलगायत अन्न राख्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन ।
इजरायलमा मारिएका दुई विद्यार्थीको शव आफन्तको जिम्मा
प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई विद्यार्थीको शव डोटी ल्याई आफन्तको जिम्मा लगाइएको छ ।
कांग्रेसद्वारा बाजुरा जीप दुर्घटनाप्रति दु:ख व्यक्त
नेपाली कांग्रेसले धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।
धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र गरिँदै
धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
भूकम्पपीडितलाई गोदावरी नगरपालिकाले एक लाख दिने
कैलालीको गोदावरी नगरपालिकाले भूकम्पमा परी घाइतेहरुको उद्धार तथा राहातका लागि नेपाल सरकारलाई एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
सुदूरबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो
भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू. एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य
भूकम्प पीडितलाई डोटीका दुई स्थानीय तहको आर्थिक सहयोग
डोटी जिल्लाका सायल र बोगटान फुड्सिल गाउँपालिकाले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामोडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएकालाई दुई÷दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते
कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।
दसैँपछि नागरिकता लिनेको भिड बढ्यो
दसैँको बिदा सकिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता लिने सेवाग्राहीको भिड बढेको छ । यसअघि दैनिक ३०/४० जनाले नागरिकता लिने गरेकोमा दसैँ बिदापछि दैनिक दुई सय जनाले नागरिकता लिइरहेका छन् । दसैँ बिदा सकिएको भोलिपल्ट आइतबारदेखि प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो ।
स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली प्रभावित क्षेत्र प्रस्थान
भूकम्पपीडित घाइतेहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्यकर्मीहरूको टोली घटनास्थलतर्फ आज प्रस्थान गरेको छ ।
धनगढी–काँकडभिट्टा रुटमा एसी बस सेवा सुरु
सुदूरपश्चिमको धनगढीबाट सुदूरपूर्व काँकडभिट्टासम्मको रुटमा एसी बस सेवा आजबाट सञ्चालनमा आएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले नयाँ बस खरिद गरेर काँकडभिट्टासम्म एसी बस सेवा सुरु गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
भन्सार राजस्व असुलीमा कमी
कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गः स्तरोन्नतिको काम सुस्त
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१ किलोमिटर हुलाकी सडक स्तरोन्नति भएको छ ।
बजारमा टिमुरको माग बढ्दै, जङ्गलमा खेर जाँदै
जिल्लाबाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बाजुराका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । यहाँका स्थानीयले टिमुरका बारेमा खासै चासो नदेखाउँदा विभिन्न वनजङ्गल आफैँ फलेको टिमुरमा त्यत्तिकै खेर जाने गरेको हो । घरमा प्रयोग गर्नका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्र्ने गरी टिमुर टिप्ने नगरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय बने रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बिक्री हुँदैन । बाहिर लिएर बेच्न सकिँदैन । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यत्तिकै खेर जाने गरेको हो ।”
पुष्प खेतीमा रमाइरहेका सीताराम
कैलालीमा यतिबेला धेरैजसो किसान धान भित्र्याउन र तोरी छर्नमा व्यस्त छन् । टीकापुर नगरपालिका–१, दक्षिणपुर्वा वनगाउँका ५४ वर्षीय सीताराम चौधरीलाई भने मखमली, सयपत्रीको माला र फूल बिक्रीवितरणमा भ्याइनभ्याइ छ । २०७४ सालदेखि पुष्प व्यवसायी सुरु गर्नुभएका सीतारामलाई फूलखेतीले राम्रो आम्दानी मात्र दिएको छैन, जिल्लामै पुष्प व्यवसायीका रूपमा स्थापित र नमुना व्यवसायी हुनुभएको छ । उहाँ पुष्प व्यवसाय प्रशिक्षकका रूपमा पनि स्थापित हुनुहुन्छ ।
मानव अधिकारको अवस्था दयनीय
बैतडीमा मानव अधिकारको अवस्था दयनीय रहेको सरोकारवालाले टिप्पणी गरेका छन् । अखाद्य वस्तुको बिक्री, जातीय विभेद, लैङ्गिक हिंसालगायत कुपोषणको समस्या बढेको सरोकारवालाले जनाएका छन् । राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालय बैतडीमा आयोजना गरेको मानव अधिकारीको अवस्था विषयमा छलफलमा सहभागीले उक्त समस्या औँल्याएका हुन् । राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद ज्ञवाली, जिल्ला समन्वय समिति बैतडीका प्रुमख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत अधिकारकर्मी र नागरिक अगुवाको कार्यक्रममा सहभागिता रहेको थियो ।
दसैँ सकिएसँगै किसानलाई गहुँ छर्ने चटारो
बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो छ । नेपालीको महान् चाड दसैँ सकिएसँगै बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको हो ।
दसैँपछि टीकापुर पार्कमा पर्यटक बढे
कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् ।
दोधारा चादँनीको सीमाबस्तीमा हात्तीको त्रास
कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो । नेपाल-भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि वि.सं.२०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।
शिक्षा, स्वास्थ्य र उद्योग पहिलो प्राथमिकता
नेपालका ७७ जिल्लामध्ये बाजुरा पनि एक दुर्गम जिल्ला हो । यो जिल्लामा नौ वटा स्थानीय तह छन् । तीमध्ये जिल्लाकै दुर्गम तथा पिछडिएको हिमाली गाउँपालिका पनि एक हो । यो पालिका साबिकका बिछ्या, रुगिन र बाँधु गाविस मिलेर बनेको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका स्थानीय नेता गोविन्दबहादुर मल्ल हुनुहुन्छ । दोस्रो कार्यकालका लागि पालिका अध्यक्षमा निर्वाचित हुनुभएका मल्ल आफू राजनीतिभन्दा माथि उठेर पालिकावासीको सेवामा समर्पित भएकाले यस्तो अवसर मिलेको बताउनुहुन्छ । अघिल्लो कार्य
दलितभित्रै चर्को जातीय विभेद
गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ । बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।
घोडाघोडीमा पर्यटक बढेसँगै रोजगारी सिर्जना (फोटो फिचर)
जैविक विविधताले महत्त्वपूर्ण रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा हिजोआज पर्यटकको चहलपहल बढेको छ ।