पाताल भूमेश्वर पदमार्ग निर्माण
बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।
एक वर्ष थन्किए दुई विधेयक
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ एक वर्षदेखि प्रक्रियामै थन्किएका छन् । यी दुई विधेयकलाई प्रदेश सरकारले २०७८ सालमा प्रदेश सभामा दर्ता गरेको थियो । दुवै विधेयक प्रदेश मामिला तथा विधायन समितिमा थन्किएको छ । दफावार छलफल भई प्रतिवेदनसमेत तयार भइसकेको विधेयक प्रदेश सरकारको राय र सङ्घीय ऐन नआएका कारण समितिमै रहेको जनाइएको छ ।
पर्यटकको पर्खाइमा चिडिया ताल
कैलालीको घोडाघोडी नगरपालिका – २ साँडेपानीमा रहेको चिडिया ताल उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पूर्ब–पश्चिम राजमार्ग देखि करिब ३०० मिटर उत्तरमा रहेको चिडिया ताल चिडिया सामुदायिक वन क्षेत्रमा अवस्थित छ । तालको वरपर अन्य साना ठूला गरी १२ वटा ताल समेत छन् ।
भारतबाट फर्कनेमा काेरोनाको सङ्क्रमण देखिँदै
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।
बाजुराको जिससमा एमालेकाे समूह निर्विराेध विजयी
जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा नेकपा एमालेका तुलसीराम रोकाया निर्वाचित हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि नेकपा एमालेकै लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्विरोध निर्वाचित हुनुभएको हो ।
कैलालीमा लागूऔषध प्रयोगकर्ता बढ्दै
बर्दगोरिया गाउँपालिका–२ मा लम्कीचुहा नगरपालिका–१० का वसन्त डङ्गौरा एक ग्राम २०० मिलिग्राम लागूऔषधसहित साउन २ गते साँझ पक्राउ परे । टीकापुर नगरपालिका–१, वनगाउँका २९ वर्षका सुरज पुनमगरको साथबाट साउन १ गते एक ग्राम ८५० मिलिग्राम खैरो हिरोइन फेलाप¥यो । मगरले २६ वटा स–साना पोका बनाई चुरोटको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो ।
दार्चुलामा बढ्यो एचआइभी सङ्क्रमण
दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् ।
वर्षा लाग्यो खोलाकै पीर
घोडाघोडी नगरपालिका–२ मा रहेको बौराहखोलाले गत असोजमा बगाएको काठेपुल पुनर्निर्माण नहुँदा वर्षाका बेला स्थानीय समस्यामा परेका छन् । वर्षाको बेला घोडाघोडी नगरपालिका–८, ६ र २ का स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । वडा नम्बर २ का स्थानीय कृष्णबहादुर विष्टले पुरानो काठेपुल जीर्ण भएको र भत्किएको पुलको पुनर्निर्माण नहुँदा समस्या भएको बताउनुभयो ।
१७ लाख रुपियाँसहित दुई जना पक्राउ
स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपियाँसहित कैलालीमा दुई जना पक्राउ परेका छन् ।
भुक्तानी रोकिएकोप्रति सदनबाट सरकारको ध्यानाकर्षण
सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको ‘सर्भर डाउन’ भइ भुक्तानी रोकिएको विषयमा प्रदेश सदनमा कुरा उठेको छ । आर्थिक मसान्तमा ठूलो रकम भुक्तानी रोकिनु प्रदेशको लागि गम्भीर विषय रहेको भन्दै सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
तीन दिनसम्म सुत्केरी हुनसकेपछि निःशुल्क हवाइ उद्धार
शिवराज ढुंगाना अछाम, साउन ६ गते । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी तुर्माखाँद गाउँपालिका–२ भुलुकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । अछामकै विकट मानिएको भुलु निवासी २० वर्षीया कृष्णा विकको शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट हवाइ उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुुराएको छ । “उहाँलाई (कृष्णा) अस्तिदेखि सुत्केरी बिराम लागेको रहेछ, स्वास्थ्य केन्द्रमा शुक्रबार बिहान आउनुभयो ।” भुलु स्वास्थ्य केन्द्रमा अहेब राजेन्द्र विष्टले भन्नुभयो । “हामीले दिउँसोसम्म प्रयास गर्दा पनि बच्चा नजन्मिएको तर रगत गइरहेको भएर पठाएका हौं ” अहेब विष्टले थप्नुभयो । राष्ट्रपति हवाइ उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क हवाइ उद्धार गरिएको हो । पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिसकेको अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ । सुत्केरी हुन नसकेको खबर पाए लगत्तै समन्वय गरेर निःशुल्क हवाइ उद्धार गरेर ज्यान खतरामुक्त गराएको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बीसीले जानकारी दिनुभयो । कृष्णाले प्रादेशिक अस्पताल सुर्खेतमा प्रविधिको प्रयोग गरेर बच्चालाई जन्म दिनु भएको छ ।
खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ
पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव३७ ग्राम लागूऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ ।
डोलामा हल्लिन लालायित युवती
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका रानाथारू समुदायका खासगरी युवामा अहिले बेग्लै उत्साह र रौनक बढेको छ । मध्य बर्खामा युवतीहरू साउने गीत गाउँदै डोलामा हल्लिन लालायित छन् । त्यसैले रानाथारू समुदायका प्रायः सबै गाउँमा ‘सावनका डोला’ का लागि लठारे पिङ बनाउने चटारो छ । पायक पर्ने कतिपय स्थानमा बनिसकेका छन् भने अन्यमा बन्ने क्रम जारी छ ।
प्रदेश अनुसन्धान ऐनलाई संशोधन गर्न बनको विधेयक पारित
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रक्षिण प्रतिष्ठान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ।
महाकाली करिडोरको काम सुस्त गतिमा
नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।
रोकियो सडक विस्तारको काम
सर्लाही सदरमुकाम मलङ्गवामा सडक विस्तारको काम पुनः रोकिएको छ । मलङ्गवामा जिविस चोकदेखि बजार क्षेत्र हुँदै पूर्व–पश्चिम हुलाकी राजमार्गसम्मको एक किलोमिटर सात सय मिटर सडक विस्तारको काम ठप्प भएको हो ।
वर्षाले तराईमा डुबान, पहाडमा पहिरो
सुदूरपश्चिमका विभिन्न क्षेत्रमा मङ्गलबार र बुधबारको वर्षाले तराईका बजार डुबान र ग्रामीण सडक अवरुद्ध बनेका छन् । कतिपय स्थानमा बाढी र पहिरोले घरमा क्षति पु¥याएको छ । दुई दिनको निरन्तरको वर्षाले गाउँबस्तीमा पहिरोको जोखिमसमेत बढाएको छ । यद्यपि तराईका केही जिल्लामा किसानले राहत महसुस गरेका छन् ।
पानी पर्खेका किसानलाई वर्षाले राहत
रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । बुधबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि कैलालीका किसानलाई राहत महसुस भएको हो ।
जेसिबीबाट खोला तर्दै स्थानीय
डडेल्धुराको परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीय नागरिक नदी वारपार गर्न वाध्य बनेका छन् ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव
कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया सेवा थालेको छ ।
मुटुरोगी बालकको उपचारमा समस्या
तीन वर्षीय मोहन ठगुन्नालाई मुटुरोगले च्यापेको चार महिना भयो । बैतडी अस्पतालले उपचारका लागि बाहिर लान रेफर गरेको तीन महिना बितिसकेको छ । उपचार गर्ने रकम त परको कुरा, बालकका आमाबुवासँग काठमाडौँसम्म पुग्ने बसभाडासमेत नहुँदा मुटुरोगी बालक घरमै थन्किएका छन् ।
प्रदेश आर्थिक कार्यविधि विधेयक टेबुल
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको छ । आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले सो विधेयक प्रदेश सभामा टेबुल गर्नुभएको हो ।
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो ।