• १३ साउन २०८१, आइतबार

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

blog

फाइल तस्बिर

कञ्चनपुर, साउन ६ गते । पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८ दशमलव ३७ ग्राम लागूऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागी जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सुमितको साथबाट २४ दशमलव ४७० ग्राम, लबिको साथबाट २५दशमलव६४० ग्राम र बबिको साथबाट २८ दशमलव २६० ग्राम लागूऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभयो ।

तीनै जनाको साथबाट लागूऔषधसँगै भारतीय रुपियाँ १५ हजारसमेत बरामद गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु लागूऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।