अलपत्र कृषि बजार
प्रदेश सरकारको करिब ६५ लाख रुपियाँ लगानीमा निर्माण गरिएको घोडाघोडी नगर कृषि हाटबजार स्थल दुई वर्षदेखि प्रयोगविहीन बनेको छ। घोडाघोडी नगरपालिका–१, सुखड नजिक निर्मित कृषि बजारमा ताला लगाएर राखिएको छ। करिब पाँच कट्ठा क्षेत्रफलमा निर्माण गरिएको कृषि बजार पायक पर्ने ठाउँमा नभएकाले प्रयोगमा आउन नसकेको स्थानीय व्यापारी बताउँछन्। अहिले बजारचाहिँ बजारनजिकैको खुला ठाउँमा लाग्दै आएको छ। राज्यको लगानी उपयोगमा आउन नसकेकोमा स्थानीयवासीले दुःखेसो गरेका छन्। स्थानीय शान्ति चौधरीले भन्नुभयो, “पायक पर्ने ठाउँमा हाटबजार बनाइएको भए खुला ठाउँमा बसेर आफ्नो उत्पादन बेच्न बाध्य हुने थिएनौँ। अब गर्मी सुरु भयो, खुला ठाउँमा बेच्न बाध्य छौँ।”
भग्न अजयमेरुकोट
अजयमेरु गाउँपालिका–२, हाँटकोट भन्ने स्थानमा बहुचर्चित अजयमेरुकोट छ । जिल्ला सदरमुकाम खलङ्गाबाट पश्चिमतिर आधा घण्टाको कच्ची सडकको यात्रा अथवा करिब दुई घण्टा पैदल बाटो हिँडेपछि प्राचीन स्थलका रूपमा अजयमेरुकोट देखिन्छ । यसलाई रणथम्मकोट तथा हाँटकोटको नामले पनि चिनिन्छ ।
शर्मालीगढीको डीपीआर तयार
इस्ट इन्डिया कम्पनीसँगको लडाइँका बेला निर्माण गरिएको बैतडीको शर्मालीगढी किल्ला पुनर्निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ। शिवनाथ गाउँपालिकाले चार करोड रुपियाँको लागतमा डीपीआर तयार पारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ।
लोकसेवा आयोगको तेस्रो सम्मेलन धनगढीमा सुरु
लोकसेवा आयोगको तेस्रो सम्मेलन आजबाट धनगढीमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो ।
मेरो प्रदेश मेरो सरकार भन्ने बनाउँछु : मुख्यमन्त्री शाह
विक्रम संवत् २०४४ देखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका कमलबहादुर शाह अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ। पछिल्लो निर्वाचनमा कुनै पनि दलको बहुमत नआएपछि सुरुमा नेपालको संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भए पनि प्रदेश सभामा विश्वासको मतमा असफल भएपछि उहाँ बाहिरिनुभएको थियो । त्यसपछि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । मुख्यमन्त्री शाहसँग सुदूरपश्चिम प्रदेशको विकास तथा अन्य सवालमा गोरखापत्र दैनिकका लागि सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको अन्तर्वार्ताको सारसंक्षेप :
पानी र खानीको बैतडी
शहीद दशरथ चन्द जन्मेको बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो । पूर्वमा सेती नदी र पश्चिममा महाकाली नदीले फन्को मारेर अपार जलसम्पदाले घेरिएको बैतडीको भूगोलले पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला, दक्षिणमा डडेल्धुरा र पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चम्पावत जिल्लालाई छोएको छ । एक सङ्घीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडा छन् । नेपाल सरकारले बैतडीलाई साक्षर जिल्ला घोषणा गरेको छ । यहाँको साक्षरता ९६.५ प्रतिशत रहेको छ ।
फोन गर्न डाँडामा चढ्नुपर्छ
बैतडीको पाटन नगरपालिका–१, बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली बलेत, सिमरोडालगायतका गाउँमा टेलिफोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनुपर्ने बाध्यता कायम रहेको पाइएको छ । फोन गर्न गाउँबाट अग्लो डाँडा खोज्दै उक्लिनुपर्ने बाध्यता यी गाउँको मात्रै होइन सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुरचौडी नगरपालिकाका अधिकांश गाउँको पनि उस्तै समस्या छ ।
बेमौसमी सङ्कलनले जडीबुटी लोप हुँदै
डिभिजन वन कार्यालयले जडीबुटी उत्पादन र संरक्षणमा स्थानीय सहभागिता बढाउन समुदायका अगुवाको क्षमता विकाससम्बन्धी तालिम दिँदै आएको छ । यद्यपि जडीबुटी जिल्लाका रूपमा चिनिने मुगुमा जडीबुटी उत्पादनमा ह्रास आउँदै गएको छ । यसको कारण चोरीनिकासी र बेमौसममा जडीबुटी सङ्कलन नै प्रमुख रहेको डिभिजन वन कार्यालयको ठम्याइ छ ।
तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान
कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई खादा लगाएर सम्मान गरिएको छ।
कैलारीको गाउँ सभाबाट पाँच विधेयक पारित
कैलालीको कैलारी गाउँपालिकाले हिउँदे अधिवेशनबाट पाँच वटा विधेयक पारित भएका छन्। बिहीबार बसेको सो पालिकाको गाउँ सभा बैठकले सभा समक्ष प्रस्तुत सबै विधेयक पारित गरेको हो।
‘सुदूरपश्चिम संस्कार र संस्कृतिमा देशकै धनी’
इन्जिनियर सागर ढकालले सुदूरपश्चिम प्रदेश कला र संस्कृतिले देशकै धनी प्रदेश भएको बताउनुभएको छ।
समस्या बुझ्न जनताको घरदैलोमा सांसद
आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो ।
जलवायु परिवर्तनको असर : वर्षा र सुख्खा यामको दुरी बढ्दै
कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोग किराको समस्या अत्यधिक देखियो ।
पाँच लाख जनाले खाए हात्तीपाइलेविरुद्धको औषधि
१०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११औँ पटकको अभियान जारी छ। अभियान सञ्चालन भएको पाँचौँ दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। सो कार्यालयका अनुसार पाँचौँ दिनसम्म पाँच लाख १५ हजार ९५८ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन्।
राष्ट्रिय गान गाएर सेवा प्रवाह सुरु
जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीलाई प्रशासनको प्राङ्गणमा उभ्याई राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो।
मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहनु भएको छ ।
टुङ्गो लागेन पालिका मुकाम
भागेश्वर गाउँपालिकाको स्थायी मुकामको विवाद अझै सुल्झिन सकेको छैन। बारम्बार सर्वपक्षीय बैठक गरिए पनि स्थायी मुकाम कुन ठाउँमा बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन। गाउँपालिका–४ स्थित बगरकोटको अस्थायी मुकामबाट सेवा दिइरहेको छ।
मिसन ग्रासरुट अभियानमा नेता
सङ्गठन सुदृढीकरण गर्न नेकपा (एमाले), अछामले वडा तहमै प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रको निर्णयअनुसार खटिएका केन्द्रीय र प्रदेश सदस्यसँगै जिल्ला सदस्यलाई हरेक वडामा जाने गरेर खटाएको हो। जिल्ला कमिटीका सदस्यलाई अर्को स्थानीय तहको वडामा पार्टीको समग्र काम गर्नलाई खटाइएको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो। वडा तहमा पार्टीको अवस्था विश्लेषण, सदस्यता नवीकरण र सङ्कलन, जनवर्गीय सङ्गठन गठन/पुनर्गठन, नागरिकका सरकार र पार्टीप्रतिका गुनासा सङ्कलनको काम गरिने बताइएको छ।
जोखिममा खलङ्गा
लास्कु खोलामा भदौ २४ गते आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ। एक विद्यालयसहित १२ घर बगाएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङ्नेतालदेखि लास्कु खोलासम्म क्षति पु-याएको थियो। बाढी प्रभावित क्षेत्रमा समयमै तटबन्ध नबने फेरि बाढी बङ्गाबगर क्षेत्रको बस्तीमा पस्ने जोखिम रहेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो।
बजेट कार्यान्वयनमा सुधार गर्न आवश्यक
सुदूरपश्चिम प्रदेशमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको औँल्याइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मङ्गलबार गरेको चालू आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन अर्धवार्षिक समीक्षमा बजेट तथा कार्यक्रम कार्यान्वयनको तौरतरिकामा कुनै फरकपन नल्याइएकाले आशातीत उपलब्धि प्राप्त हुन नसकेको सरोकारवालाले औँल्याएका हुन् ।
सुदूरपश्चिममा बजेट र कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक समीक्षा
सुदूरपश्चिम प्रदेशमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको औंल्याइएको छ।
धनगढीमा सूचना प्रविधि मेला सुरु
कैलालीको धनगढीमा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला मङ्गलबारदेखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कैलालीको आयोजनामा सूचना प्रविधि मेला सुरु भएको हो ।
शिशुको गर्भमै मृत्यु, आमाको हेलिकोप्टरमार्फत् उद्धार
दार्चुलाको अपी हिमाल गाउँपालिकाकी सुरन्ती बोहराले गर्भमै शिशु गुमाउनुभएको छ। सुत्केरी व्यथा लागेपछि ६ घण्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको हो।
मुआब्जा लिएर घर भत्काउन आलटाल
सर्वोच्च अदालतले फैसला सुनाएको १५ वर्षपछि कार्यान्वयन चरणमा गएको छ । अदालतको फैसलाबमोजिम सडक विस्तारका लागि सरकारले मुआब्जा वितरण गरेको छ । यद्यपि मुआब्जा लिएर पनि घरधनी एवं व्यापारीले घर भत्काउन आनाकानी गर्दै आइरहेका छन् ।