भावना जोशी
अत्तरिया, कात्तिक १९ गते । कैलालीको गोदावरी नगरपालिकाले भूकम्पमा परी घाइतेहरुको उद्धार तथा राहातका लागि नेपाल सरकारलाई एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गोदावरी नगरपालिकका नगरप्रमुख बिरेन्द्र भट्टले एक विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भएको मानवीय क्षतिले मर्माहत र दुःखी बनाएको बताउनु भएको छ ।
साथै नगरप्रमुख भट्टले आफुले पाउने दुई महिनाको सेवा सुविधा बाफतको रकम भूकम्प पीडितलाई दिने घोषणा गर्नु भएको हो । नगरपालिकाले यो विपतको समयमा सहयोग गर्न पनि सबैलाई अपिल गरेको छ ।