आम्दानीको मुख्य स्रोत बन्दै बाख्रापालन व्यवसाय
कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटनुभएको छ । चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उहाँले सुरसार गर्नुभएको हो ।
खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उहाँले धानको उचित मूल्य पाउनुभएको छैन ।
दिल्ली बसेर नेपालमा अनलाइन ठगीधन्दा
अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो ।
अतिक्रमित तालको जग्गा खनजोत नगर्न नगरपालिकाको आग्रह
कैलालीको भजनी नगरपालिकाले अतिक्रमित पुरैना तालको जग्गा खनजोत नगर्न किसानलाई आग्रह गरेको छ।
ठगी गिरोहका नाइके सुनारको घरबाट रकम बरामद
कैलालीस्थित धनगढीमा कार्यालय सञ्चालन गरेर अनलाइन ठगी आरोपमा पक्राउ परेका ह्याकर गिरोहका प्रमुखको घरबाट ठुलो परिमाणको रकम बरामद भएको छ ।
देवीदेवताका मन्दिरमा मेलाको रौनक
सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न देवीदेवताका मन्दिरमा मेला (जात्रा) को रौनक सुरु भएको छ । पुख्र्यौली थलो छाडेर तराई झरेकासमेत इष्टकुल देवीदेवताको पूजाआजा गर्न पहाड चढ्न थालेका छन् । स्थानीय देवीदेवताका मन्दिरहरू सिँगारिन थालेका छन् भने देवीदेवताको पूजाआजा गर्न मेला, जात्रा आयोजना हुन थालेको छ । डडेलधुराको अमरगढी नगरपालिका–७, पोखराको खोला किनारमा रहेको शैलेश्वर महादेव मसानमा आइतबार राति पूजाआजासहित मेला लागेको वडाध्यक्ष खड्कबहादुर बोहराले बताउनुभयो ।
अनलाइनबाट ठगी गर्ने गिरोह पक्राउ
अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सो अपराधमा संलग्न नेपाल, भारतका नौ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका–५ तारा नगरबाट हिजो साँझ पक्राउ गरेको हो ।
करणीको आरोपमा तीन पक्राउ
१७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले तीन जनालाई पक्राउ गरेको छ ।
दसैँ र तिहार सकिएसँगै खाली हुँदै गाउँ बस्ती
बाजुरामा दसैँ र तिहार सकिएसँगै अधिकांश गाउँ बस्ती खाली हुन थालेका छन्। पर्व मनाउन गाउँ बस्तीमा आएका विद्यार्थी तथा परदेशी युवा कात्तिक र मङ्सिरमा गहुँ खेती लगाएर पढ्न तथा रोजगारीका लागि फेरि सहर फर्किन थालेपछि बाजुराका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका हुन्।
'यौनिकता शिक्षालाई विद्यालय स्तरमा समावेश गर्न आवश्यक'
विद्यालय स्तरको पाठ्यपुस्तकमा यौनिकता सम्बन्धी शिक्षालाई समावेश गरिनुपर्ने कैलाली-कञ्चनपुरका सरोकारवाला निकायले माग गरेका छन् ।
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका छन् । डोजरले खनेका ग्रामीण सडकमा हरेक वर्ष पुनः डोजर प्रयोग गरी सफा तथा मर्मत गर्ने कार्य नियमित काम जस्तै बनेको छ । यस्ता सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । स्थानीय तहले सडक स्तरोन्नति नभई सफा गर्ने योजना बनाउँदा यस्तो समस्या आएको भनाइ स्थानीयवासीको छ । ग्रमीण सडक मर्मत कार्य राजनीतिक पार्टी निकट कार्यकर्ता पोस्ने र पाल्ने मेलोमेसो बन्ने गरेको छ ।
भूकम्पले चर्किएका घर टालटुल
बाजुराका अधिकांश स्थानीयले हिउँद लागेसँगै चिसोबाट जोगिन भूकम्पले चर्किएका घरलाई टालटुल तथा लिपपोत गर्न थालेका छन् । सुरक्षित तथा नयाँ घरबासको व्यवस्थापन नभएपछि त्रिपालभित्रको चिसोबाट जोगिन चर्किएका घर टालटुल गर्न थालेका हुन् । केही समय त्रिपाल हालेर बस्दै आएका थियौँ, अहिले चिसो बढेपछि चर्किएका घर टालटुल गरेर बस्न सुरु गरेको खप्तडछेडेदह गाउँपालिका–५ का स्थानीय रामबहादुर रावतले बताउनुभयो ।
चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रव्रिmया अगाडि बढाउने छ ।
घोडाघोडीमा आगन्तुक चराको चहलपहल
कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो ।
निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गरिने
कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने भएको छ ।
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोल अभाव
चार वर्षअघि शिलान्यास गरिएका बैतडी जिल्लाका सात वटा स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । सञ्चालनमा रहेका कतिपयमा त मौजुदा सिटामोललगायतका अत्यावश्यक औषधी र स्वास्थ्यकर्मीसमेत छैनन् । पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । यस स्वास्थ्य केन्द्रमा करारमा कार्यरत मेडिकल अधिकृत डा. अस्मिता नेगी अध्यययन गर्ने नाममा राजीनामा दिएर हिँड्नुभएको छ ।
छोरा जन्मे भैलोमा खसी दिने गाउँ
पहिलो पटक छोरा जन्माउने परिवारले तिहारका बेला भैलो खेल्न आउनेलाई खसी दिने परम्परा अनुसार यो वर्ष यस जिल्लाको असुरगाउँमा १४ वटा खसी काटेर प्रसादका रूपमा बाँडिएको छ । मेलौली नगरपालिका–९, असुरगाउँमा द्वितीया मेलाका दिन बाजागाजासहित छोरा जन्मेको घरमा भैलौ खेल्दै खसी मागेर छालाको भकुन्डो खेल्ने चलन छ । पहिलो पटक छोरा जन्माउनेले द्वितीयाका दिन प्रसादका रूपमा अनिवार्य खसी दिने परम्परा छ । स्थानीय भट्ट, लोहार र दमाई जातिको बसोबास रहेको असुर गाउँमा पहिलो छोरा जन्माउने परिवारले तिहारको भैलोमा खसी दिने परम्परा रहेको स्थानीय मुखिया वीरभद्र भट्टले बताउनुभयो ।
बझाङमा परकम्प
बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो ।
मोहना नदी घाटमा मनाइदैं छठ पर्व (फोटो फिचर)
कैलालीको त्रिनगर भन्सारस्थित मोहना नदी घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएर धूमधामसँग छठ पर्व मनाइँदै छ । आज दिनभर निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
मोहना नदी घाटमा छठ पर्वको तयारी
तराइवासीले मनाउने महान् पर्व छठ पर्व मनाउन मोहना नदी किनारमा तयारी गरिएको छ । तयारी समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार छठमा पूजा गर्न आउने भक्तालुका लागि धनगढीको मोहना नदीघाटमा टेण्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रामस्थलको निर्माण गरिएको छ ।
दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्नेः मन्त्री साउद
परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिनुभएको छ ।
प्रदेशस्तरीय गौरवका आयोजना अलपत्र
सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड र मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । सडक र मोटरेबल पुलको निर्माण कार्य अलपत्र पर्दा यहाँका स्थानीयले अनावश्यक सास्ती भोग्दै आएका छन् । ऐतिहासिक त्रिवेणीधाम, डिलासैनी मन्दिर र राताशिला क्षेत्र ओझेलमा परेका छन् ।
जोखिम बस्तीमा साइरन जडान
बाजुराको बुढीगङ्गा नगरपालिका–२, पहिरोको जोखिम रहेको बजेडी बस्तीमा पूर्वसूचना दिन मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्ने गरेकाले स्थानीयलाई पहिरो आएको पूर्वजानकारी दिन मेसिन (साइरन) जडान गरिएको हो ।