• २ जेठ २०८२, शुक्रबार

छोरी र भतिजको हत्यापछि आत्महत्याको प्रयास

blog

वसन्त पराजुली 

नारायणगढ, जेठ २ गते । पश्चिम चितवनको किसान चोकमा शुक्रबार बिहान एक पुरुषले आफ्नै छोरी र भतिजको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार शुक्रबार बिहान ९ः५५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर २५ किसानचोकस्थित ४२ वर्षीय लिलाराज गिरीले हत्या गरेका हुन् । 

गिरीले वर्ष ७ की छोरी प्रभा गिरी र आफ्नै दाइको छोरा वर्ष ५ को सजन गिरीलाई खुर्पा प्रहार गरी हत्या गरेका प्रनाउ खनालले जानकारी दिनुभयो । 

मानसिक सन्तुलन ठिक नभएका भुपु नेपाली सेनाका जवान गिरीले आफ्नै घरभित्र हत्या गरेका हुन् । खुर्पाको आक्रमणबाट घाइते भएका दुवैको चितवन मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । 

घटनापछि गिरीले पनि त्यहि खुर्पाले आफैँलाई घाटीमा हानी आत्महत्याको प्रयास गरेका थिए । तर उहाँ घाइते मात्रै भए । उहाँको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. दयाराम लम्सालका अनुसार गिरी बोल्न सक्ने अवस्थामा छैनन् । उहाँको अहिले शल्यक्रियाको तयारी हुँदै छ ।