पहाडी समुदायमा छठ
मिथिला क्षेत्रमा मनाइने छठ पर्व सुदूरपश्चिम क्षेत्रमा समेत मनाउन थालिएको छ। सुप प्रदेशका कैलाली, कञ्चनपुर लगायत तराईका जिल्लामा छठपर्व मनाइँदै आएको छ।
विपिनको उद्धार गर्न पहल भइरहेको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपिन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ ।
जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार –३ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इन्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो । विष्टको घटनास्थलमै मृत्यु भएको थियो ।
आगलागीबाट करिब १८ करोडको क्षति
कैलालीको धनगढीमा आज (शनिबार) बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री
त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ ।
आगलागीबाट अस्पतालसहित सात वटा पसलमा क्षति
कैलालीको धनगढीमा भीषण आगलागीबाट एक अस्पतालसहित सात वटा पसलमा क्षति भएको छ ।
धनगढीमा आगलागीः अस्पतालसहित सात पसलमा क्षति
धनगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १ मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।
प्लान्ट क्वारेन्टाइन बन्द, उद्योग व्यवसाय प्रभावित
कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय, टुर मुकाम मोहना बन्द भएपछि उद्योगहरू प्रभावित भएका छन् । क्वारेन्टाइन बन्दका कारण आयात निर्यात ठप्प भएकाले उद्योग सञ्चालनमा समस्या भएको छ । कैलालीसहित सुदूरपश्चिमको विभिन्न जिल्लामा उद्योग सञ्चालन गरेका उद्योगीले त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन सकिरहेका छैनन् । यो नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले बताउनुभयो ।
ग्रामीण बस्तीमा लाग्दैन फोन
सुन्दा अचम्म लाग्ला तर टावरमुनि रहेका जिल्ला सदरमुकामको गाउँमा नेपाल टेलिकमको फोन लाग्दैन । फोनको नेटवर्कले काम नगर्दा करिब दुई सयभन्दा बढी घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित छन् । सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि दशरथचन्द नगरपालिका–४, सपराली, पारी बवेत, ज्युताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन लाग्दैन । स्थानीयवासी नेटवर्कको खोजी गर्दै सेवाग्राही डाँडातिर उक्लिने गरेका छन् । खोली जर्गमा नेपाल टेलिकमको फोन र फोरजीले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय वीरेन्द्र पाण्डेयले बताउनुभयो ।
भूकम्प पीडितलाई बर्दिबास नगरपालिकाको सहयोग
नगरपालिकाले भूकम्पबाट अति प्रभावित ४ स्थानीय तहलाई १२ लाख रुपियाँ सहयोग गरेको हो ।
पहिरोकाे जोखिम बस्तीमा साइरन जडान
बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ को पहिरो जोखिम बजेडी बस्तीमा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्दै गरेकोले यहाँका स्थानीयलाई पहिरो आएको पूर्व जानकारी गर्ने गरी पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरेको हो ।
स्वास्थ्य केन्द्रमा सिटामोल अभाव
स्वास्थ्य कार्यालय बैतडीले अनुगमन गर्दा सिगास गाउँपालिका–१ स्थित स्वास्थ्य संस्थामा सिटामोल होइन बाख्राको बड्कौला भेटिएको छ । जिल्लाकै दुर्गम सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य केन्द्र महिनौँदेखि स्वास्थ्यकर्मीविहीन अवस्थामा छ । सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द हुँदा त्यहाँ पनि बाख्राका बड्कौला भेटिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
प्रभावकारी बन्दै दिवा खाजा
बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । खाजा कार्यक्रमपछि उपस्थित नहुने बालबालिका नियमित रूपमा विद्यालय आउन थालेका छन् । बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायालाई विद्यालयनजिकै घर भएकाले खाजा खान घरमै जानु पर्ने बाध्यता थियो । अहिले विद्यालयमै खाजा पाउन थालेपछि त्यो समस्या हटेको विद्यार्थी रोकायाले बताउनुभयो ।
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड –२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड –३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।
परम्परागत माटोको भकारी बनाउँदै थारु महिला
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी (डेहरी) बनाउँदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदैआएका छन् ।
विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा
बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दैगएको छ । विद्यालयमा उपस्थित नहुने बालबालिकालाई नियमित सहभागी गराउँदै आएपछि पछिल्लो समय बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दैगएको हो ।
श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा दुईजनाको मृत्युु, चार घाइते
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
मूर्तिकला रामबहादुरको जीउने आधार
शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।
फूल नबिकेपछि किसान चिन्तामा
यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् ।
देउसी भैलो खेल्दै सेना
नेपाली सेनाले संस्कृति झल्किने शैलीको देउसी–भैलो खेलेको छ । अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रण बम गणले जिल्ला सदरमुकाम बागबजारमा देउसी–भैलो खेलेको हो ।
लिजको जमिनमा भागेश्वर माविको पुष्प खेती
उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यवसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ ।
सुदूरपश्चिम सरकारले राष्ट्रिय क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने
सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।
धनगढीको दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना गरिएको छ । किसानद्वारा उत्पादित फूलको सहज बिक्री गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालय परिसर र बोराडाँडीमा रहेको भाटभटेनी सुपरमार्केट परिसरमा फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।