भवानी ऐर
गोदावरी (कैलाली), कात्तिक २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका युवा तथा खेलकूद विषयगत मन्त्रालय सम्हालिरहनुभएका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले यस्तो बताउनुभएको हो ।
नेपाललाई टी–२० विश्वकपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार मन्त्रlपरिषद| बैठकले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गर्ने भएको मन्त्री साउँदले बताउनुभयो ।
एसियाली खेलकुदमा विश्व रेकर्ड बनाउन सफल दीपेन्द्रले भने थप एक लाखसहित ६ लाख रुपियाँ पुरस्कार पाउनुहनेछ । उहाँले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाउनुभएको थियो ।