बदर मत कम गर्न नमुना मतदान
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मतदानको अभ्यास गर्न र निर्वाचन नजिकिएको सन्देश दिनका लागि बेनीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अगुवाइमा भएको नमुना मतदानमा सर्वसाधारण तथा सामाजिक व्यक्तित्वको सहभागिता थियो ।
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
अमृतप्रसाद पौडेलम्याग्दी, बैशाख २३ गते । हिमाली जिल्ला म्याग्दीमा स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकीदै जाँदा तयारी पनि अन्तिम चरणमा पुग्नलागेको छ । मतदानका लागि पूर्व तयारीस्वरुप मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बैशाख २४ र २५ गते तालिम पछि मतदान स्थलमा खटाइने भएको छ ।जिल्ला सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रका कर्मचारीलाई पहिलो दिन र नजिकका कर्मचारीहरुलाई दोस्रो दिन तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाइने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । ७४ स्थानका एक सय १४ मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत, एक सय १४ मतदान केन्द्रमा दुई सय १९ जना सहायक कर्मचारी एवम् प्रत्येक केन्द्रमा एक÷एक जना कार्यालय सहयोगी खटाइएको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाँच सय ६१ जना खटाएको र प्रत्येक केन्द्रमा तीन जनाका दरले स्वयंसेवक मतदान अधिकृतले तोक्ने मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार जिल्लामा ९६ हजार थान मतपत्र एवम् निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु आइपुगेको छ । मतदान अधिकृतलाई नियुृक्ती दिएपछि मतदानस्थलका लागि आवश्यक सम्पूर्ण सामग्री बुझाएर मतदान केन्द्रतर्फ पठाइने पौडेलले बताउनुभयो ।म्याग्दीका मतदानस्थलको स्थलगत निरीक्षण पछि भौगोलिक विकटता र मतदाता संख्याको आधारमा १५ स्थानका ३० मतदान केन्द्र अति संवेदनशील, ४९ स्थानका ७२ मतदान केन्द्र सम्मेदनशील र १० स्थानका १२ मतदान केन्द्र सामान्य गरी वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो । कुल ७४ स्थानका ११४ मतदान केन्द्रमा ४१ हजार ४ सय १४ पुरुष, ४३ हजार ९ सय ६० महिला र १ अन्य गरी कुल ८५ हजार ३ सय ७५ जना मतदाता रहेको प्रजिअ रानाको भनाइ छ । प्रजिअ रानाका अनुसार जिल्ला सुरक्षा समितिले गरेको स्थलगत अनुगमनपछि गरिएको वर्गीकरणको आधारमा सुरक्षाकर्मी खटाइनेछ । प्रत्येक बुथमा नेपाल प्रहरी, म्यादी प्रहरी रहनेछन् भने त्यस बाहिरको घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने प्रजिअ रानाले बताउनुभयो । हिमाली जिल्ला म्याग्दीमा रहेको छ वटा स्थानीय तहका ४५ वडामध्ये धौलागिरि गाउँपालिका–१, गुर्जामा निर्विरोध भएसँगै अन्य ४५ वडा एवम् स्थानीय तहका प्रमुख उपप्रमुखका लागि वैशाख ३० गते मतदान हुँदैछ । ४४ वडामा एक अध्यक्ष र ४ जना सदस्यसहित ५ जनाका दरले दुई सय २० र छ वटा स्थानीय तहको प्रमुख उपप्रमुख गरी १२ जना गरी कुल दुईसय ३२ पदका लागि ७ सय १८ जना चुनावी प्रतिस्पर्धामा छन् ।जिल्लाका छ वटा स्थानीय तहको प्रमुखमा २९ जना उपप्रमुखमा २३ जना उम्मेदवार छन् । त्यस्तै अब निर्वाचन हुन बाँकी ४४ वडा अध्यक्षका लागि १ सय ४८ जना, ८८ जना खुल्ला सदस्यका लागि २ सय ७३, ४४ महिला सदस्यका लागि एक सय २४ र ४४ दलित महिला सदस्यका लागि एक सय १६ जना चुनावी मैदानमा छन् ।केन्द्रीय तहमा गठबन्धन भएको भएपनि म्याग्दीको धौलागिरी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मात्रै सामान्य गठबन्धन भए पनि मालिका गाउँपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकामा भने एकल प्रतिस्पर्धा हुँदैछ । म्याग्दीमा ४३ हजार नौ सय ६० महिला, ४१ हजार चारसय १४ पुरुष र १ जना अन्य गरी कुल ८५ हजार तीनसय ७५ जना मतदाता छन् ।
पिठ्युँमा बच्चा बोकेर मत माग्दै उम्मेदवार
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार २७ वर्षीय मीना विश्वकर्मा दूधेबच्चा पिठ्युँमा बोकेर घरदैलोमा हुनुहुन्छ ।गरिब तथा विपन्न परिवारकी मीनालाई चुनाव लड्न आर्थिक र पारिवारिक रूपमा सहज थिएन । उ
निर्वाचनमा मत माग्दै खेतबारीमा उम्मेदवार
स्थानीय निर्वाचन आउन अब नौ दिन मात्र बाँकी छ । चुनावी माहोलमा होमिएका उम्मेदवार भोट माग्न घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । कसरी आफू र आफ्नो पार्टीलाई विजयी गराउन सकिन्छ भन्नेतिर लागिरहेका छन् । तर कृषकलाई भने आफ्नै खेतबारी
स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिद्वारा सबै पक्षमा आग्रह
रेखीराम रानापाल्पा, वैशाख २० गते । निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न जिल्लास्थित स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिले सबै पक्षलाई आग्रह गरेको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीको अध्यक्षमा बसेको बैठकले राजनैतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबै पक्षले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिएको छ । जिल्लाका विभिन्न स्थानमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे समीक्षा गर्दै समितिले आचारसंहिता पालना नगर्नेमाथि कारबाही गर्ने चेतावती दिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन सम्बन्धी आचारसंहिता पालना गर्न सबै राजनैतिक दल, उम्मेदवार तथा नेता कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभयो । उम्मेदवार वा दलका नेताले आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने उहाँले प्रतिबद्धता जनाउनुभयो । आचारसंहिता पालना गराउन प्रहरी प्रशासनले विनाभेदभाव काम गर्ने प्रजिअ पन्तको भनाइ छ । बैठकमा मुख्य निर्वाचन अधिकृत केसीले निर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्न राजनैतिक दलको मुख्य भूमिका हुने बताउनुभयो । उहाँले आचारसंहिता कुनै एउटा पक्षका लागि मात्र नभएर सबैको हितमा रहेकाले राजनैतिक दलका उम्मेदवारले सहयोग गर्नुपर्ने बताउनुभयो । बैठकमा सहभागी नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले निर्वाचन सम्बन्धी आचारसंहिता एमालेले पूर्ण रुपमा पालना गर्ने प्रतिबद्ध जनाउनुभयो । आयोगले सबैलाई समान रुपमा हेरेर आचारसंहिता कार्यन्वयन गर्नुपर्ने पोखरेलले बताउनुभयो । नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपानेले निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न काँग्रेसले आयोगलाई सघाउने बताउनुभयो । नेकपा माओवादी पाल्पाका प्रतिनिधि मथुरा ढकालले गठबन्धनका दलको तर्फबाट आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको र कहीँकतै उल्लङ्घन भएको भए आफूहरू सच्याउन तयार रहेको बताउनुभयो ।
धुर्कोटका घरमा राजनीतिक दलका झण्डा नराख्ने दलहरुबीच सहमति
गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलहरुको सहमतिमा घरहरुमा झण्डा नराख्ने सहमति भएको छ । यहाँका राजनीतिक दलहरुको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
यसरी मत माग्दैछन् बागलुङका साना दलले
कोखिलामा झोला बोकेर नौबिसेटोलतिर लखरलखर हिँडिरहनुभएको थियो, भक्तबहादुर विक । सोमबार बिहानपखको कुरा हो । उहाँ एक्लै बागलुङ बजारका चोक, गल्ली चहार्दै चुनावी पर्चा बाँडिरहनुभएको थियो । समर्थक र प्रस्तावकधरी विकसँग थिएनन्, जसले मनोनयन दर्तामा सघाएका थिए । “गरिब, दुखी, उत्पीडितको पार्टी हो, हामीसँग को हुन्छ र रु न खर्च गर्ने पैसा छ, न हाम्रापछि अरुकाझैँ कार्यकर्ता छन्”, उहाँले गुनासो बिसाउनुभयो, “भ्याएसम्म घरघर पुगेको छु, बाटोमा भेटिनेसँग मत मागेको छु ।” विक नेपाल दलित पार्टीका तर्फबाट इनार चिह्न लिएर बागलुङ नगरपालिकाको प्रमुख पदमा चुनाव लड्दै हुनुहुन्छ ।
पालुङटार नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन
गोरखा, वैशाख १९ गते । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ । “स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु”, विज्ञप्तिमा भनिएको छ, “दोस्रो पटक पनि उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु ।” उहाँले सरकारमा सहभागी पाँच दलका बीचमा भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलहरु बीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँटको निर्णय भएअनुसार उम्मेदवारी फिर्ता गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा नेता कँडेलले पार्टी केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यकर्तालाई पार्टीको निर्णय कार्यान्वयन गर्न पनि अपिल गर्नुभएको छ । पालुङटारमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिने दुई पार्टीबीच सहमति भएको थियो ।
एमाले–राप्रपाको घोषणापत्र : पूर्वाधारलाई प्राथमिकता
बागलुङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल गरेका छन् । एमालेले नगरप्रमुख र राप्रपाले उपप्रमुखको भागबन्डा गरी चुनावी गठबन्धन गरेका हुन् । एमालेले प्रमुखमा प्रदेश कमिटी सचिवालय सदस्य जनकराज पौडेल र राप्रपाले जिल्ला समिति सदस्य सञ्जय खड्कालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । पहिलो स्थानीय तह निर्वाचनमा पनि चुनावी तालमेल गरेका दुई दल दुवै पदमा विजयी भएका थिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमाले र राप्रपाले आइतबार चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् ।