गोरखा नगरपालिका १ मा काँग्रेसका कुँवर विजयी
गोरखा नगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
मुस्ताङको लोघेकर दामोदरकुण्डमा विष्ट विजयी
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल ९राजु० विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाउनुभयो । उहाँका अनुसार अध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाउनुभयो । कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।
मतदाता बोकेको जीप दुर्घटना एकै गाउँका १४ जनाको मृत्यु
वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार मतदान गर्नुभएको छ । उहाँले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गर्नुभएको हो ।
११३ वर्षीया वृद्धाद्वारा मतदान
तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ ।
निर्वाचन आयुक्त तुलाधारद्वारा मतदान
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधारले मतदान गर्नुभएको छ । उहाँले सुन्दरबजार नगरपालिका–२ परेवाडाडास्थित महेन्द्र माध्यमिक विद्यालयको केन्द्र ‘ख’ बाट शुक्रबार बिहान मतदान गर्नुभएको हो ।
वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, उद्धार कार्य जारी
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा परेको छ । वालिङ १४ को अर्खलावासमा ग २ च ३०२६ दुर्घटनामा परेको हो । मतदानका लागि जाँदै गरेका मतदाताहरु चढेको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट सडकमा झरेको हो ।
म्याग्दीमा शान्तिपूर्ण मतदान, उत्साहजनक सहभागी
स्थानीय तह निर्वाचनअन्तर्गत हिमाली जिल्ला म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।
निर्वाचनको आवश्यक तयारी पूरा
गण्डकी प्रदेशमा स्थानीय तह सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि हरेक मतदान स्थलमा किला गाड्ने, डोरी बाँध्ने, पुरुष–महिलालाई ध्यान दिँदै समूह छुट्याउने, डेस्क बेन्च राख्ने, मतदान गर्ने ठाउँ, छाप लगाउने ठाउँ यकिन गरी आवश्यक तयारी गरिएको छ । यस्तै वर्षालाई ध्यान दिँदै आवश्यक पाल राख्ने कार्य पनि कतिपय मतदान स्थलमा गरिएको छ ।