ताराखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विक विजयी
बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धन का तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी हुनुभएको छ । विकले स्वतन्त्र उम्मेदवार प्रकास घर्तीलाई १९५ मतान्तरले पराजित गर्दै विजय हुनुभएको हो ।
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाउनुभएको छ ।
म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । छवटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई वडामा विजयी भएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ ।
लमजुङको मस्र्याङदी–१ मा एमालेको प्यानलै विजयी
नेकपा एमालेले लमजुङमा खाता खोलेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका छन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याउनुभएको छ ।
मतगणना सुरु भएका पालिकामा गठबन्धनको अग्रता
बागलुङको तीन स्थानीय तहमा मतगणना सुरू भएको छ । दश स्थानिय तह रहेको बागलुङमा तीन स्थानिय तह ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु गरिएको थियो ।
पूर्वी नवलपरासीको ६ वडामा काँग्रेसको प्यानल विजयी
पूर्वी नवलपरासीका ९२ वडा मध्य स्थानीय तहको निर्वाचनमा ६ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जस अनुसार नेपाली पूर्वीको प्यानल विजयी भएको छ ।
पोखरा महानगरको मतगणना
थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ । पोखरा महानगरमा शनिबार अपराह्न ४ः१५ बजेदेखि मतगणना सुरु भएको हो ।
माथागढीकाे वडा नं. ८ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी
रेखीराम रानापाल्पा, बैशाख ३१ गते । जिल्लाको माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । काङ्ग्रेसबाट माथागढीको वडा नं. ८ मा अध्यक्ष पदका उम्मेद्वार रहनुभएका दिलबहादुर ढेंगामगर ४१० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्षका उम्मेद्वार नारायण सिंह ठाडाले ३०६ मत ल्याउनुभएको थियो । यस्तै खुल्ला सदस्यमा कांग्रेसकै उम्मेद्वार मनिराम ढेंगा, तिलबहादुर ढेंगा, दलित महिला सदस्यमा अम्विका विक, महिला सदस्यमा लालीसरा ढेंगा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जनाएको छ ।
पाल्पाको माथागढीमा काँग्रेसका ढेंगामगर विजयी
काँग्रेसतर्फबाट वडा नं. ८ मा अध्यक्ष पदका उम्मेदवार रहनुभएका दिलबहादुर ढेंगामगर ४१० मत ल्याएर विजयी हुनुभएको हो ।