• १९ असार २०८१, बुधबार

लमजुङको मस्र्याङदी–१ मा एमालेको प्यानलै विजयी

blog

बेलिना थापा

लमजुङ, वैशाख ३१ गते । नेकपा एमालेले लमजुङमा खाता खोलेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका छन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याउनुभएको छ । यसअघि पनि उहाँ वडाअध्यक्ष हुनुहुन्थ्यो । उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याउनुभयो । 

महिला सदस्यमा पूर्णकाशी गुरुङ ३ सय ९५ मतका साथ विजयी हुनुभएको छ । दलित महिला सदस्यमा ३ सय ८५ मतका साथ गंगामाया विक विजयी हुनुभएको छ । खुला सदस्यमा निर्मलजंग गुरुङ ३ सय ९० मत ल्याएर विजयी हुनुभएको छ । यस्तै हेमजंग गुरुङ ३ सय ८८ मत ल्याएर खुला सदस्यमा विजयी बन्नुभएको छ । 

गाउँपालिका अध्यक्षमा एमालेका अर्जुन गुरुङले वडा नं १ बाट ४ सय १८ मत ल्याउनुभएको छ । कांग्रेसका लोकनाथ घिमिरेले १ सय १८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा एमालेका जुनामाया थापाले ४ सय ५ मत ल्याउनु भएको छ । माओवादी केन्द्रका अजय तामाङले १ सय १८ मत ल्याउनुभएको छ ।