• १९ असार २०८१, बुधबार

मतगणना सुरु भएका पालिकामा गठबन्धनको अग्रता

blog

बागलुङ, वैशाख ३१ गते । बागलुङको तीन स्थानीय तहमा मतगणना सुरू भएको छ । दश स्थानीय तह रहेको बागलुङमा तीन स्थानिय तह ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु गरिएको थियो । अन्य स्थानीय तहमा साँझदेखी मतगन्न थालिएको थियो ।

विहानदेखि मतगन्न सुरू भएका  तीनवटै पालिकामा गठबन्धनका उमेदवारले अग्रता लिएका छन् । नेकपा एमालेले पछ्याउँदै छ । गठबन्धनले अग्रता लिएको स्थानीय तह मध्य पहिलो स्थानीय तह चुनावमा गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा नेपाली कांग्रेस र ताराखोला गाउँपालिकामा नेकपा माओवादीले जितेको थियो ।

गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ७०४ मत ल्याएर अग्रता लिनुभएको छ। एमालेका पूर्ण काउचाले ३ सय ५० मत र स्वतन्त्र उमेदवार मञ्जु शर्माको तीन सय मत ल्याउनुभएको छ । ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर बिकले  ८८ मतले अग्रता लिनुभएको छ ।

स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ५९६ मत ल्याउनुभएको छ । ताराखोला गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका मन बहादुर रोका  विजयी हुनुभएको छ । उहाँले  ८५४ मत प्राप्त गर्दा नेकपा एमालेका धन प्रसाद बुढाले २१९ मत ल्याउनुभएको छ । 

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका सूर्यबहादुर घर्तीले १ सय ४७ मतले अग्रता लिनुभएको छ । एमालेका भूमिराज घर्तीमगरले १ सय १३ मत पाउनुभएको छ । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १ सय ५ र एमालेका भोटु चन्दले ७४ मत पाउनुभएको छ । यसैगरी जैमिनी नगरपालिका ४०० मत गणना गर्दा गठबन्धनको तर्फबाट जनमोर्चाका उम्मेदवार नर बहादुर पुनले २९० र एमाले लिला रानाले ८२ मत पाउनुभएको छ ।