• १९ असार २०८१, बुधबार

माथागढीकाे वडा नं. ८ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी

blog

रेखीराम राना

पाल्पा, बैशाख ३१ गते । जिल्लाको माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । काङ्ग्रेसबाट माथागढीको वडा नं. ८ मा अध्यक्ष पदका उम्मेद्वार रहनुभएका दिलबहादुर ढेंगामगर ४१० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्षका उम्मेद्वार नारायण सिंह ठाडाले ३०६ मत ल्याउनुभएको थियो । 

यस्तै खुल्ला सदस्यमा कांग्रेसकै उम्मेद्वार मनिराम ढेंगा, तिलबहादुर ढेंगा, दलित महिला सदस्यमा अम्विका विक, महिला सदस्यमा लालीसरा ढेंगा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जनाएको छ ।