हुप्सेकोट गाउँपालिकामा काँग्रेस विजयी
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित लक्ष्मी देवी पाण्डेले ६ हजार ४ सय ५५मत प्राप्त गरि विजयी हुनुभएको छ ।
बेनी नगरको प्रमुखमा सुरज र उपप्रमुखमा ज्योती विजयी
बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरज केसी विजयी हुनुभएको छ । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।
कान्छीमाया महिला वडाध्यक्षमा निर्वाचित
तनहुँको स्थानीय तहमा पहिलो वडाध्यक्षको रुपमा कान्छीमाया तमाङ प्यानलसहित निर्वाचित हुनुभएको छ । भानु नगरपालिका–१ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको तामाङ निर्वाचित हुनुभएको हो ।
कास्कीको माछापुच्छे पालिकामा काँग्रेसको सफलता
कास्कीको माछापुच्छे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार पालिका अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो ।
लागूऔषध गाँजासहित एक पक्राउ
तनहुँ प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३२ बस्ने २३ वर्षका अमन भुजेल रहेका छन् ।
मदाने गाउँपालिकामा कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी
तिलाचन पाण्डेतम्घास, जेठ २ गते । जिल्लाको मदाने गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी हुनुभएको छ । उहाँले ४ हजार ७०७ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका प्रेम केशीले ४ हजार २११ मत ल्याउनुभएको हो ।यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का विजयी हुनुभएको छ । उहाँले ४ हजार ५६७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका बेगमबहादुर चन्दले ४ हजार २११ मत ल्याउनुभएको हो । उपाध्यक्ष सरिता खड्का यस अगाडी पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।
काभ्रेका २० वडामा काँग्रेसका उम्मेदवार विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १२ वटा स्थानीय तहमा मतगणना कार्य भइरहेको छ । सोमबार मध्याह्न साढे १२ बजेसम्म जिल्लाको १२ वटा स्थानीय तहका ४४ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
तनहुँको भानु–१३ मा वडाध्यक्षमा बागी उम्मेदवार अधिकारी विजयी
तनहुँको भानु नगरपालिका–१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।