• १९ असार २०८१, बुधबार

हुप्सेकोट गाउँपालिकामा काँग्रेस विजयी

blog

हुप्सेकोट गाउँपालिकामा विजयी उम्मेदवार । तस्बिर : गोरखापत्र

मीना कँडेल

कावासोती, जेठ ३ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काँग्रेस विजयी भएको हो । हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित लक्ष्मीदेवी पाण्डेले ६ हजार ४ सय ५५मत प्राप्त गरि विजयी हुनुभएको छ ।

आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७ सय १४ मतान्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भयो । एमालेका चेतबहादुर रानाले ५ हजार ७ सय ४१ मत ल्याउनु भएको छ । उपाध्यक्षमा काँग्रेसका पूर्णसिंह रानाले ६ हजार ७ सय ५ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याउनुभएको थियो ।

६ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा सबै वडामा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ भने  वडा नम्बर २ मा एमालेबाट वडा सदस्यका उम्मेदवार लीलाबहादुर ठाडा झिनो मतान्तरले विजयी हुनुभयो ।