• १९ असार २०८१, बुधबार

पूर्वी नवलपरासीको ६ वडामा काँग्रेसको प्यानल विजयी

blog

मीना कंडेल

कावासोती, वैशाख ३१ गते । पूर्वी नवलपरासीका ९२ वडा मध्य स्थानीय तहको निर्वाचनमा  वटा वडाको मतगणना सम्पन्न भँसकेको छ । जस अनुसार नेपाली पूर्वीको प्यानल विजयी भएको छ । 

अहिलेसम्म जिल्लाका  ६ वटा वडामा नेपाली पूर्वीको प्यानल नै विजयी भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ र ६ ,  वुलिङटार गाउँपालिकाको वडा नम्बर १ र २, बौदिकाली वडा नम्बर ६ र गैडाकोट नगरपालिका वडा नम्बर १८ मा विजयी भएका छन् । नवलपुरको पहाडी गाउपालिका बुलिङटार वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार डिलबहादुर सूर्यवंशीले ७७३ मत ल्याएर विजयी हुनुभएको छ उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार खेमबहादुर डिसुवाले ६०१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्य पदमा कमला अस्लामी मगर, थमिसरा बिक, कान्तबहादुर आले, लालबहादुर गरंजा विजयी हुनुभएको छ । बुलिङटार गाउँपालिका २ डाँडाझेरीमा वडा अध्यक्षमा कमल राज बकावल ६२५ मत पाएर विजयी हुनुभएको हो । महिला सदस्यमा ज्यू माया बाचे सोमै ६२९ मत, दलित सदस्यमा सुक माया बिक ६१५ मत, खुल्ला सदस्यमा दिलवीर लुङ्गेली ६०८ र वीरबहादुर राना ६१३ मत सहित विजयी हुनुभएको हो ।  

त्यसैगरि नवलपुरको बौदीकाली गाउँपालिका–६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवारी दिएका खुमबहादुर सारुले ७२१ मत प्राप्त गरी विजयी  हुनु भएको हो  । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे । 

त्यसैगरी पूर्वीको तर्फबाट महिला सदस्यले ७२१, दलित महिला सदस्यले ७२०, खुल्ला सदस्य १ जनामा ७१५, खुल्ला सदस्य २ जनामा ७२६ मत आएको छ । सो वडामा दुई हजार ४७ कुल मतदाता रहेपनि एक हजार तीन सय ७४ मत खसेको थियो । कूल खसेको मतमा ११ मत बदर भएको थियो ।

हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा पूर्वीका पदमबहादुर रानाले ३९३ को फराकिलो अन्तरले वडा नम्बर ०५ को वडा अध्यक्षमा विजयी हुनुभएको । त्यसैगरी वडा नं ६ मा  छामबहादुर सोमै विजयी हुनुभएको हो । सोमै यसअघि पनि वडा अध्यक्ष नै हुनुहुन्थ्यो । एमालेबाट उम्मेदवार देवसिंह सारू सोमैसँग पराजित हुनुभएको हो । उहाँ २०७४ मा पनि सोमैसँगै पराजित हुनुभएको थियो । अन्यको मतगणना जारी  छ ।