• १९ असार २०८१, बुधबार

म्याग्दीमा बेनी नगरसहित पाँच स्थानीय तहमा मतगणना सुरु

blog

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ३१ गते ।
म्याग्दीको बेनी नगरपालिकासहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा केही समय अघिदेखि मतगणना सुरु भएको हो ।

शनिबार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिएको हो । यस्तै, जिल्लाका मंगला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

यसैगरी, धौलागिरि गाउँपालिका–१ गुर्जाको मतपेटिका पदैल मार्गबाट साँझसम्म मात्र निर्वाचन अधिकृतको कार्यालय मुनामा ल्याइने जानकारी प्राप्त भएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाभर ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५८३ जनाले मात्र मतदान गरेका छन् ।

कुल मतदाताको ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । जसमा महिला ३० हजार ३२ रहेका छन् भने पुरुष २६ हजार ५१० जना छन् ।