तनहुँमा साना दलको मनोनयन दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा साना राजनीतिक दलले आइतबार मनोनयन दर्ता गराएका छन्।
गोरखामा काँग्रेसले एकल प्रतिस्पर्धा गर्ने
नरेन्द्र ढकालगोरखा, बैशाख ११ गते । नेपाली काँग्रेस गोरखाले जिल्लाका सबै स्थानीय तह र वडाहरुमा एकल उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले केही दल र व्यक्तिका कारण गठबन्धन सम्भव नभएको बताउनुभयो । ‘हामी केन्द्रको निर्णयअनुसार अधिक लचक भएर गठबन्धन जोगाउन अन्तिम समय लागिरह्यौं । तर केही दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले सबैसँगै मिलेर जान सकेनौ, तालमेल ट¥यो’ काँग्रेस सभापति न्यौपानेले भन्नुभयो । जिल्ला कार्यसमितिको बैठक बसेर एक्लै निर्वाचनमा जाने निर्णय गरेको उहाँले बताउनुभयो । सोहीअनुरुप जिल्लाका दुई नगरपालिका, ९ वटा गाउँपालिकाका ९४ वटै वडाका सबै पदमा उम्मेदवारी दिने निर्णय काँग्रेस गोरखाले गरेको छ । ‘काँग्रेस गोरखा कसैको दबाब र प्रभावमा नपरी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सबैलाई साथै लैजाऔं भन्ने मात्र हाम्रो धारणा थियो । अब तालमेल सम्भव नभएपछि दलहरुवीच मित्रवत सम्बन्ध कायम राख्ने हाम्रो समझदारी छ ।’केन्द्रमा भएको सहमतीअनुसार जिल्लामा संयन्त्र बनेपछि गठबन्धनका दलहरुवीच ८ वटा औपचारिक र झण्डै एक दर्जन बढी अनौपचारिक छलफलहरु गरिएको काँग्रेस गोरखाको दाबी छ । जिल्लाका ११ स्थानीय तहमध्ये यसअघिको निर्वाचनमा २ नगरपालिकाको प्रमुख, ७ गाउँपालिकाको अध्यक्ष, एक नगरपालिकाको उपप्रमुख, ६ गाउँपालिका उपाध्यक्ष र ४५ वटा वडाध्यक्ष पद काँग्रेसले जितेको थियो । केन्द्रले बनाएको सहमतिअनुसार प्रमुख जितेको पालिकामा सम्बन्धित दलले नै पाउने बताइए पनि काँग्रेस २ वटा स्थानीय तह छोड्न तयार हुँदा पनि अन्य दल नमानेको सभापति न्यौपानेले बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केन्द्रीय तहबाटै हस्तेक्षप गरी जनता समाजवादी पार्टीको अबस्थाभन्दा बढी माग दाबी गरेपछि काँग्रेस र माओवादी उक्त कुरामा सहमत हुन नसकेको ती दलका नेताहरुले बताउनुभयो । यसअघिको निर्वाचनमा केही वडामा मात्र जितेको जसपाले एउटा नगरपालिका, एउटा गाउँपालिकासहित २५ वडा र १०० भन्दा बढी सदस्य दाबी गरेको थियो । जसपाको माग पूरा गर्न नसक्ने भन्दै काँग्रेस र माओवादी मिलेर जाने सहमती नजिक पुगेका थिए । काँग्रेसले ७ र माओवादी ४ स्थानीय तह लिनेगरी तालमेलको तयारी गरिरहेकाबेला जसपाको दबाबमा केन्द्रले हस्तक्षेप गर्न खोजेपछि अन्ततः एकल प्रतिस्पर्धा गर्ने सहमती दलहरुले गरेका हुन् । काँग्रेसले एक्लै जाने घोषणा गरेपनि माओवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।
पहिलो दिन ठूला दलले गरेनन् उम्मेदवारी दर्ता
नवीन शिशिर विकबागलुङ, वैशाख ११ गते । स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलहरुले दशवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएनन् । उम्मेदवार टुंगो नलागेपछि नेकपा (एमाले) र सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी दर्ता नगराएका हुन । आईतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसानजस्तै भएको सो कार्यालयका अधिकारीहरुको भनाई छ । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिनुभयो ।सत्तागठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा (एमाले) ले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाउन नसक्दा मनोनयन रोकिएको छ । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालेले उम्मेदवारी दर्ता गरेको छैन ।सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले सर्वसम्मत उम्मेदवार टुंगो लागेको मात्र स्थानीय तहमा एमालले उम्मेदवारी दर्ता गरेको छ । पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोकाय, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पोखराको उपप्रमुखमा उम्मेदवारी दिन मञ्जुदेवी गुरुङद्वारा अस्विकार
नेकपा एमालेबाट पोखराको उपप्रमुखमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्नुभएको छ । पार्टीले नसोधी उपप्रमुखको उम्मेदवार बनाएको भन्दै उहाँले उम्मेदवारी बन्न अस्वीकार गर्नुभएको हो ।
धवलागिरिमा कांग्रेस–माओवादी तालमेल
आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाको अध्यक्ष, २, ३, ४ र ५ नं वडाको अध्यक्षमा कांग्रेस तथा १, ६ र ७ नं वडा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएका छन् ।
दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।
स्याङ्जामा ७३ मतदान केन्द्र अतिसंवेदनशील
स्थानिय तहको निर्वाचनमा स्याङ्जाका ७३ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । जिल्लाको सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।
कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताकाे पदबाट राजीनामा
नारद काेहरतौलिहवा, वैशाख १० गते । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन ईच्छुक रहेको भन्दै कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिनुभएकाे छ ।निर्वाचन आयोगले चुनावमा लड्न बहालवाला जन प्रतिनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनुपर्ने नियम बनाएपछि उहाँले सो राजीनामा दिनुभएकाे हाे । उहाँले प्रमुख किरण सिंहलाई गत वैशाख ८ गते राजीनामा दिनुभएकाे हाे ।प्रमुख सिंहले वैशाख ९ गते देखि लागू हुने गरी राजीनामा स्वीकृत गर्नुभएकाे छ । नेपाली काँग्रेसबाट प्रमुख पदमा टिकट पाएको चर्चा चले पनि अझैँ सम्म आधिकारिक रूप निर्णय सार्वजनिक भएकाे छैन ।काँग्रेसबाट उपप्रमुख पदमा टिकट कसले पाउँछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले उपप्रमुखकाे टिकट पाउने काँग्रेस नेताहरु बताउँछन् । अब कपिलवस्तु नगरपालिकामा काँग्रेस, एमाले र जनता समाजवादी पार्टी, नेपालबीच प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन् ।
नवौँ राष्ट्रिय र १९औँ एसियाडको खेल संख्या तय
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद र चीनमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागि खेलको संख्या तय गरेको छ ।