विकासलाई साकार पार्न श्रम आवश्यक छ : प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विकासका योजनालाई साकार पार्न श्रम आवश्यक हुनेमा जोड दिनुभएको छ ।मजदुर दिवस २०२२ को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकको विकासको सम्भावनालाई उजागर गर्न श्रमको अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन गठबन्धन गरेकाे हाे: कांग्रेस नेता पौडेल
काठमाडाैं, वैशाख १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भएकाे बताउनुभएकाे छ ।तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताउनुभएकाे हाे। उहाँले लोकतन्त्रिक संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबी गर्नुभयाे । उहाँले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयाे ।
ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र
म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ माघमा काम सकिनुपर्ने थियो ।
हाईड्रोपावरको कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौ जनाको समूह पक्राउ
लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको देवदहमा प्रमुख–उपप्रमुखमा काँग्रेस–माओवादीबीच सहमति
कपिल ज्ञवालीसिद्धार्थनगर, वैैसाख १५ गते । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेलमा सहमति भएको छ । दुबै पार्टीको प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार तालमेल भएको हो । दुई दलका नेताहरुको बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति अनुसार गठबन्धन गरेर जाने सहमति भएको काँग्रेस नगर सभापति रहनुभएका प्रमुम पदका उम्मेदवार हीराबहादुर खत्रीले बताउनुभयो । यस अघि दुवै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै मनोनयन दर्ता गरेर अघि बढेका थिए । ताजा सहमति अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेसलाई नगरप्रमुखमा खत्रीलाई सहयोग गर्नेछ भने, काँग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । हामीले गठबन्धनबीच सहमतिको वातावरण बनाएका थियौं, केन्द्रबाट आएको सर्कुलरले पनि यसमा सहयोग नै ग¥यो’ –उहाँले भन्नुभयो ।प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेसँगै देवदहमा गठबन्धन कायम भएपछि देवदह नगरमा दुवै दलका उम्मेदवार नेता कार्यकर्ताहरुमा उत्साह बढेको छ । सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठडराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिने र काँग्रेसका महासमिति सदस्य रहनुभएकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुनेछ ।नगरमा रहेका १२ वटा वडामा भने गठबन्धन दलबीचमै मैत्रीपूर्ण प्रतिस्पर्धा हुने केसीले बताउनुभयो ।
तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार
आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक÷एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको थियो ।
म्याग्दीमा २३७ पदमा ७५९ जनाको उम्मेदवारी
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रमुख/अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडाध्यक्षमा १६०, खुला सदस्यमा २८०, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १३० जनाको उम्मेदवारी परेको छ । “दाबी–विरोध, छानविन, आवश्यक कारबाही र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कूल उम्मेदवार सङ्ख्या कायम हुनेछ ।”
बागलुङमा पुरानै उम्मेदवार आमनेसामने
सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ । विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बन्नुभएको थियो । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् । पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बढ्नुभएको हो भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।
पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ।