व्यावसायिक माहुरीपालन फस्टाउँदै
रामेछाप, फागुन १२ गते । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएकाे छ । कम लगानीमा बढ आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ । विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई÷तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गर्नुभएको छ । अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यसप्रति सन्तुष्ट रहेको उहाँको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घारबाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ । मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई÷तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाउनुभएको छ । उहाँले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसक्नुभएको छ । सुरुमा माहुरीपालनसम्बन्धी कुनै ज्ञान नभए पनि छोटो अवधिकोे तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीबारी हो ।”माहुरीपालन गर्ने कृषकले मह मात्र नभई माहुरीसहितको घार पनि बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु. १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् । मन्थलीमा सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिमपश्चात् सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताउनुभयो । उहाँले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गर्नुभएको छ । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गर्नुभएको छ । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ । माहुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजनाले पनि विगतदेखि अनुदानस्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिनुभयो ।
सिप हस्तान्तरणमा समस्या
दुई दशकअगाडिसम्म ग्रामीण भेगमा खर तथा ढुङ्गाले घर छाउने सिप भएका व्यक्तिहरू प्रशस्तै पाइन्थे ।
३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत निर्माण सुरु
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी नाउरामा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना २६ महिनामा केन्द्रीय ग्रिडमा जोड्ने गरी निर्माण कार्यले तीव्रता पाएको छ । जिल्लाको विकट बस्ती नाउरा, सिन्कोस बगर आसपासका क्षेत्रमा पहुँच मार्ग पुर्याएपछि सुरुङ निर्माणमा जुटेको आयोजनाले अब निर्धारित समयमै उत्पादन गर्ने जनाएको छ ।
उपचार खोज्दा अस्पताल सिर्जना
देवचुली–१६, रजहरका हरिप्रसाद सापकोटा अत्यन्तै जटिल र जीर्ण मानिएका सात थरी रोग बोकेर २०६० सालदेखि हिँडिरहनुभएको थियो । ३० बर्से सापकोटाको आन्द्रामा अल्सर, पिनास, न्यून रक्तचाप, दिसा नहुने र डिप्रेसनको समस्या थियो ।
बन्दीपुरको पर्यटन प्रवर्धनमा सघाउँदै गोरखापत्र संस्थान
पहाडकी रानी उपनामले चिनिएको बन्दीपुरको साहित्यको माध्यमबाट प्रचार प्रसार गर्ने उद्देश्यले तीन दिने साहित्य सम्मेलन हुने भएको छ। साहित्य सम्मेलनको लागि गोरखापत्र संस्थानले सघाउने भएको छ।
आठ जना किसान तथा उद्योगी पुरस्कृत
लमजुङको आठ जना किसान तथा साना उद्योगी पुरस्कृत हुनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लमजुङले १७ औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको अबसरमा किसान तथा साना उद्योेगीलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।
फ्युचर कपको उपाधि न्यू ओएसिसलाई
बागलुङ बजारमा सम्पन्न दोस्रो संस्करणको फ्युचर कप अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ ।
प्रजातन्त्रका लागि गरेको योगदानलाई भुल्नु हुँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेलाई भुल्न नहुने बताउनुभएको छ।
झुण्डिएको अवस्थामा मृत फेला
म्याग्दीका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर शनिबार राति साढे १ बजेको समयमा सोही फार्मनजिक रहेको पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।
किसानले बिक्री गरे ६० लाखको सुन्तला
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु. ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ ।
किसानलाई चैते धान लगाउने चटारो
नवलपुरमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । सिमसार क्षेत्र र सिँचाइको सुविधा पर्याप्त भएको जिल्लाका विभिन्न स्थानमा यतिखेर हिउँदे धान लगाउन किसान व्यस्त भएका हुन् ।
धार्मिक पर्यटनका लागि पूर्वाधार निर्माण गरिँदै
बेनीको शिरमा रहेको पुलस्त्य पुलहाश्रमलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ ।बेनी नगरपालिका –५ पुलाचौरमा रहेको यस क्षेत्रमा विगत दश वर्षदेखि यता सरकारी निकाय र चन्दा सहयोग जुटाएर करिब साढे दुई करोड रुपियाँभन्दा बढी लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् ।
प्रदेशभरि पर्यटकीय सम्भावना
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरासँगै गण्डकी प्रदेशका अन्य ठाउँमा पनि पर्यटन विकासका थुप्रै सम्भावना रहेको बताउनुभएको छ ।
लामिचौरको वनमा गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ ।
कालीगण्डकीको फलामे पुल मर्मत हुँदै
लामो समय मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने फलामे पुल प्रदेश सरकारले मर्मत गर्ने भएको छ ।
वर्सौंदेखि पुल अलपत्र, ठेकेदार बेपत्ता
आठ वर्षअघि २०७३ साल असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र दी क्याराभान कम्पनीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेको मनाङको नासोँ गाउँपालिका ५ र ६ नम्बर वडा जोड्ने पक्की पुल हालसम्म दुई पिल्लरमा नै सीमित छ ।
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ ।
फेवा किनारमा सारङ्गीदेखि एआईसम्मको चर्चा हुने
पोखरा भ्रमण वर्ष २०२५ को सेरोफेरोमा फागुनमा फेवाताल किनारमा गण्डकीको सांस्कृतिक पहिचान सारङ्गीदेखि पछिल्लो अत्याधुनिक विकास आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको चर्चा हुँदै छ ।
केरा बेच्दै मिर्गौला पीडित
म्याग्दीको बेनी नगरपालिका–४, प्राकृतिक उपचार केन्द्र तातोपानीमा स्नान गर्न आउने बिरामीलाई केरा बेच्दै मिर्गौला पीडित नन्दकुमारी किसान ।
रैथाने परिकार बनाउने सीप सिक्दै स्थानीय
बेंसीसहर नगरपालिका –९ विम्दाबेंसीकी प्रेमकुमारी गुरुङलाई कोदोको ढिंडो र रोटी मात्र बन्छ भन्ने लागेको थियो । बेंसीसहर–१० का सुजन रिमालले पनि फापरलाई ढिँडो र रोटी बनाएर खानुहुन्थ्यो ।
गल्याङलाई स्याङ्जा क्रिकेट लिग उपाधि
दोस्रो पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।
कहिले बन्ला मनाङका अलपत्र पुल
आठ वर्षअघि २०७३ साल असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेको मनाङको नासोँ गाउँपालिका ५ र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल हालसम्म दुई पिलरमा नै सीमित छ ।
धार्मिक पर्यटकीय क्षेत्र बन्दै अर्जुन चौपारी
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा भर्खरै निर्माण गरिएको नवग्रह मन्दिरको कारण यस क्षेत्रमा चहलपहल बढेको छ । पालिकालाई धार्मिक पर्यटनको क्षेत्रमा अगाडि बढाउने योजनाका साथ अर्जुन चौपारी गाउँपालिकाले नवग्रह मन्दिर बनाएको हो ।
पोखरामा फोहोर सङ्कलन दौड आयोजना
पोखरामा शनिबार फोहोर सङ्कलन दौड प्रतियोगिता भएको छ । “स्वच्छ देश, हाम्रो परिवेश” भन्ने नारासाथ फोहोर सङ्कलन दौड आयोजना गरिएको हो ।