म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो ।
पोखरामा जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता हुँदै
कास्की जिल्ला जुडो सङ्घको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो ।
जलविद्युत् आयोजनाको बाँधस्थल
म्याग्दी, फागुन ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लास्थित ५३ दशमलव ५ मेगावाट क्षमताको अपरम्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण गर्नका लागि डोजरको सहयोगमा पहाड काट्दै । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । तस्बिरः रासस
घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन
मुस्ताङ, फागुन ८ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजाँदै स्थानीय घोडा व्यवसायी । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने भक्तजनहरु घोडामा चढ्ने गर्छन् । मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रतिव्यक्ति ४ सय रुपियाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउँछन् । तस्बिरः रासस
रेस्टुरेन्टमा रमाउन थाले गिद्ध
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको सङ्ख्या बढ्दै गएको छ ।
डढेलो रोकथाम अभियान
लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ ।
धवलागिरिको दुर्गम बस्ती बगरमा सडक पुग्यो
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगरमा सडक पुगेको छ । धौलागिरि हिमालको काखमा रहेको बगर विकट बस्ती हो । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले पहुँच मार्ग निर्माण गरेपछि गाउँ सडक सञ्जाल सँग जोडिएको हो ।
पोखरा विश्वविद्यालयको दीक्षान्तमा प्रधानमन्त्री आउनुहुने
पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोह बिहीबार बिहान हुँदै छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अन्तर्गत २०५४ सालमा स्थापना भएको विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
बाँझो जग्गामा ओखरखेती
बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।
महावीर पुनलाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान
साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ रोमन म्यागसेसे पुरस्कार विजेता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सिर्जनशील व्यक्तित्व महाविर पुनलाई प्रदान गरिएको छ ।
स्वाइन फिभरले १८ बङ्गुर मरे, सतर्कता अपनाउन आग्रह
अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।
‘हिमाल र गुरुङ संस्कृति हेर्न घान्द्रुक’
तरोताजा गुरुङ संस्कृति र मनमोहक प्रकृतिले चिनिएको घान्द्रुक अहिले उत्सवमय छ । एकै दिन दुई हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताका ६० होटल र ३० होमस्टे यहाँ छन् । होमस्टे र गुरुङ संस्कृतिमा रमाउनेहरु बाक्लै यहाँ पुग्छन् भने पदयात्रा मार्गमा पर्ने भएकाले स्वदेशी र विदेशीको बासस्थल पनि हो घान्द्रुक।
भगत सर्वजित प्रतिष्ठानका योजना अलपत्र
बागलुङ नगरपालिका ७ कालीमाटीको गैह्रागाउँमा भगत सर्वजित विश्वकर्माको सम्झानामा निर्मित हुने प्रतिष्ठानका योजना अलपत्र परेका छन् ।
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो ।
गौ संरक्षण केन्द्रमा आगलागी
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा बुधबार दिउँसो आगलागी भएको छ । पराललाई सुरक्षित राख्नलाई ट्रष्ट बनाउनलाई वेल्डिङ गर्ने क्रममा आगलागी भएको र हाल आगो नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
गण्डकीमा मानव अधिकार उल्लङ्घनका घटनामा ५०४ जना पीडित : इन्सेक
गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घनका घटनामा पाँच सय चार जना पीडित भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दिएको जानकारी अनुसार मानव अधिकार उल्लङ्घनका घटनामा चार सय २९ जना महिला पीडित भएका हुन् ।
अपर म्याग्दी–एक जलविद्युत आयोजनाको बाँध निर्माण सुरु
म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणधिन ५३ देशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक जलविद्युत आयोजनाले बाँध निर्माण सुरु गरेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेडद्वारा निर्माण थालिएको आयोजनाले धवलागिरी गाउँपालिका ४ खाम्लामा बाँध निर्माण सुरु गरेको हो ।
बढ्दै फोहोर व्यवस्थापनको समस्या
पर्यटकीय जिल्लाको रुपमा चिनिदै आएको पर्वतमा दैनिक जसो उत्पादन हुने घरायसी, व्यावसायिक र चिकित्सालगायतका फोहोर व्यवस्थापनको समस्या बढ्दो देखिएको छ । जिल्लामा रहेका कुश्मा र फलेवास दुई नगरपालिकासहित पाँच गाउँपालिका गरी सातवटै स्थानीय निकायमा बढ्दो जनसङ्ख्या र बजारीकरणसँगै फोहोर उत्पादन बढ्दो छ ।
नवलपुरमा १६ हजारभन्दा बढी बालिकाले लगाए एचपिभी खोप
नवलपरासी पूर्व (नवलपुरमा) पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा ९६.१८ प्रतिशत बालिकाले खोप लगाएका छन् ।
कालीगण्डकी फलामे पुल प्रदेश सरकारले मर्मत गर्ने
लामो सयम मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका १ जोड्ने फलामे पुल मर्मत प्रदेश सरकारले गर्ने भएको छ ।
भाषा र संस्कृति जोगाउन तनहुँमा महोत्सव
भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्ने उद्देश्यले दमौलीमा तीन दिने बहुजातीय सांस्कृतिक महोत्सव बुधबारबाट सुरु भएको छ ।
प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैनः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताउनुभएको छ ।
रुपा गाउँपालिकाले चार दिन स्थापना दिवस मनाउने
कास्कीको रुपा गाउँपालिकाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । आगामी फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवस मनाउने तयारी गरिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बुधबार पोखरामा आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
फोनिज म्याग्दी अध्यक्षमा गर्बुजा मगर
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज), म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा मगर चयन हुनुभएको छ ।