तनहुँ कारागारमा पानीको अभाव
तनहुँ कारागारमा पानी अभावले बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । कारागारमा दैनिक ४० हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै
मुस्ताङ, फागुन ७ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनले दर्शन गर्न मजदुरको सहायता लिने गरेका छन् । मजदुरका अनुसार एकजना पर्यटकलाई मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् । तस्बिरः रासस
थानीमाई मन्दिर र बन्दीपुर बजार
बन्दीपुर, फागुन ७ गते । तनहुँको बन्दीपुर गाउँपालिका २ मा रहेको थानीमाई मन्दिर र बन्दीपुर बजार । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ याे ठाउँ चर्चित छ। तस्बिरः रासस
सहज बन्दै मुग्लिङ–पोखरा सडक
पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पोखरा आउजाउ सहज हुन थालेको छ ।
‘सुशासनमार्फत समृद्धि ल्याउन सरकार कटिबद्ध छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनको माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । लमजुङको बेंसीसहर नगरपालिका –७ स्थित सहजी खेल मैदानमा आज जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
सचिव कुट्ने वडाध्यक्ष गुरुङलाई दश दिन हिरासतमा राख्न अनुमति
वडा सचिवलाई कुटपिट गरी घाइते बनाउने तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई तनहुँ जिल्ला अदालतले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
शिवम सिमेन्टले क्षतिपूर्तिस्वरुप तिर्यो ८६ लाख रुपियाँ
नवलपुर, फागुन ६ गते । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तरेको छ । एनएल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपियाँ क्षतिपूर्ति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिनुभयो ।शिवम सिमेन्टले नेपाल लाइन्स प्रा.लि.मार्फत ८६ लाख रुपियाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उहाँले जानकारी दिनुभयो । गत पुस २६ गते गह्रुङ्गो भारसहितको ट्रक पुल पार गर्नेक्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए । पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजङ्ग खनालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख रुपियाँ खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको सडक डिभिजन भरतपुरका इन्जिनियर आषिश नेपालले जानकारी दिनुभयो । क्षतिपूर्ति तिरेसँगै आइन्दा पुलले थेग्न सक्ने भार मात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको नेपालले जानकारी दिनुभयो । ८६ लाख रुपियाँले तत्कालका लागि मर्मत गरेर गाडि चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन समितिका संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उहाँको भनाइ छ ।यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जिर्ण अवस्थामा रहेका यी पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा महाशीला गाउँपालिका पहिलो
स्थानीय तह कार्यसम्पादनमा पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये दक्षिणी भेगमा पर्ने महाशीला गाउँपालिका पहिलो भएको छ ।
धार्मिक पर्यटनको सम्भावना बोकेको भैरव मन्दिर
बाग्लुङको बलेवामा पर्ने कालभैरव मन्दिर गण्डकी क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येमा मानिन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको भैरव मन्दिरले धार्मिक पर्यटन समेत उत्ति नै सम्भाव्यता बोकेको छ ।
किसानलाई अनुदानमा १५ सय ओखारका बिरुवा
बागलुङ नगरपालिका ९ तित्याङस्थित जुरेढुंगा कृषक समूहमा आवद्व किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ओखरका बिरुवा वितरण गरिएको छ ।
नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताउनुभएको छ।
वडाध्यक्षबाट सचिव कुटिएपछि बन्दीपुरका कर्मचारी आन्दोलित
तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङको कुटाइबाट सोही वडामा कार्यरत वडा सचिव नवीन भुषाल सख्त घाइते भएपछि बन्दीपुर गाउँपालिका कर्मचारी आन्दोलित भएका छन्। अति आवश्यक सेवा प्रवाह बाहेकका सबै सेवा बन्द गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिनुभयो।
अध्यादेश दुबै सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुने बताउनुभयो ।
पहिरो पीडितलाई राहत रकम
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको रेसे गाउँको पहिरो पीडितलाई राहत रकम वितरण गरिएको छ ।
प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल पुनः चयन हुनुभएको छ । नवलपुरको कावासोती –१५ अमलटारीमा गए राति सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
१९ बालिकाको सामूहिक बेलविवाह
नवलपुरको गैँडाकोटमा नेवार समुदायका बालिकाको सामूहिक वेलविवाह (इही) गरिएको छ। मिसा देबू गैँडाकोटको आयोजनामा नेवार समुदायका बालिकाको सामूहिक बेलविवाह गरिएको हो।
सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन
सदरमुकाम बेशीसहरमा आजदेखि प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सव सुरू भएको छ ।
फोनिज बागलुङको अध्यक्षमा डम्मर बुढा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
कृषकलाई मौरीको घार र बङ्गुरको पाठा वितरण
गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटका महिला कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीको घार र बङ्गुरको पाठा वितरण गरिएको छ ।
कार्यसम्पादनमा नार्पाभूमि गाउँपालिका पहिलो
स्थानीय तह कार्यसम्पदानमा मनाङका ४ पालिकामध्ये सबैभन्दा विकट नार्पाभूमि गाउँपालिका पहिलो भएको छ ।
विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा
विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिने तनहुँकी एक शिक्षिकालाई थप पाँच दिन हिरासतमा राखिएको छ । भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक थप पाँच दिन हिरासतमा राख्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।
सदरमुकाममा अवैध संरचना : कारबाहीको तयारीमा नगरपालिका
सरकारी निकायले नियम कानुन कार्यान्वयन गर्न सर्वसाधारणलाई कडाइ गर्छन् । घर, टहरा बनाउँदा, व्यवसाय सञ्चालन गर्दा वा सार्वजनिक संरचना निर्माण गर्दा आवश्यक कागजात पूरा गर्नैपर्ने कानुनी व्यवस्था छ ।
चर्दै गरेका भेडाका बथान
म्याग्दी, फागुन ६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ भेडिखाल्टाको बराह वनको चरन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । घुम्ती गोठका भेडाहरु यतिबेला चरनका लागि बेंसीमा झारिएका छन् । तस्बिरः रासस
‘जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो’
जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरुको सञ्जालको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ ।