• ७ वैशाख २०८२, आइतबार

प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल

blog

नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरू ।

बोमलाल गिरी

नवलपुर, फागुन ६ गते । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल पुनः चयन हुनुभएको छ । नवलपुरको कावासोती –१५ अमलटारीमा गए राति सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

चौतारीको प्रदेश उपाध्यक्षमा इतराज गुरुङ, महिला उपाध्यक्षमा रञ्जिता शर्मा, महासचिवमा आश गुरुङ चयन हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा मदन तिमिल्सिना, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जिटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र डिलबहादुर विक चयन हुनु भएको प्रेस चोतारी नवलपुरका अध्यक्ष तीर्थराज डुम्रेले जानकारी दिनुभयो । अधिवेशनको सोमबार प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उदघाटन गर्नुभएको थियो ।