मादी–कोरीसम्म केबलकार बन्ने
कास्कीको मादी गाउँपालिकाको सिक्लेसदेखि कोरीसम्म केबलकार बन्ने भएको छ । निर्माणको स्वीकृति पाएसँगै केबलकार निर्माणका लागि स्थानीयबीच पहिलो वातावरणीय मूल्याङ्कन (ईआईए)सहितको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि समूहले नै कास्कीको मादीमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । करिब चार अर्बको लागतमा केबलकार निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । केबलकार ६.४ किलोमिटरको हुनेछ । सिक्लेसको प्वरयुमदेखि कोरिसम्म तीनवटा स्टेसन प्वरयुम, तसल्ही र कोरी)सम्म तीनवटा स्टेसन रहने छन् ।
बेनी–जोमसोम सडक खण्ड अबरुद्ध
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न स्थानमा पहिरो तथा खोलाको कटानले यातायात अवरुद्ध भएको छ ।
पोखरामा पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते
पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
म्याग्दीका मुख्य सडक अवरुद्ध
म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिनुभयो ।
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
स्याङ्जामा गत आर्थिक वर्ष २०७८÷७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् ।
मोफसलबाटै सङ्घर्ष गरेका गायक राना चर्चामा
गायक सञ्जीवसिंह राना मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक राना गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएको छ ।
सडक खुलाउने क्रममा प्रहरी घाइते
जिल्ला मुस्ताङको जोमसोम–कोराला सडक खण्डको पाण्डा खोलामा अवरुद्ध सडक खुलाउने क्रममा करेन्ट लागेर एक जना प्रहरी गम्भीर घाइते हुनुभएको छ। बिहीबार बेलुकादेखिको वर्षाले गर्दा पाण्डा खोलामा आएको बाढीले आफ्नो धार परिवर्तन गर्दा शुक्रबार बिहानैदेखि पटक पटक अवरुद्ध भएको सडक खुलाउने क्रममा साँझ करेण्ट लाग्दा घाइते हुनुभएको थियो।
गण्डकीको संसद्मा चुच्चे नक्सा पारित
गण्डकी प्रदेशको संसद्मा बल्ल चुच्चे नक्सा पारित भएको छ। प्रदेश सभा नियमावलीको अनुसूची ८ मा रहेको प्रदेश सभाको प्रतीक चिन्ह (लोगो)मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरेको हो। प्रतिनिधि सभाले दुई वर्ष अगाडि पारित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्साकृति प्रस्ताव पारित भइसकेको छ।
कलरिजलाई सम्झँदै पोखरेली
यी हरफ नुनिलो पानीले भरिएको समुद्री यात्रामा काकाकुल बनेको एक नाविकले पिउन एक थोपा पनि पानी नपाउँदा व्यक्त गरेका हुन्। विश्व प्रसिद्ध कवि सामुएल टेयलर कलरिजले सन् १८३४ मा लेखेको दि रिम अफ दि एन्सिएन्ट मारिनरमा उल्लेख गरेको यो पङ्क्ति समुद्रको हो। तर यो तालैतालको सहर पोखरामा अहिले खानेपानीको चरम अवस्थालाई अभिव्यक्त गर्न उत्तिकै सान्दर्भिक देखिन्छ। पोखरा क्षेत्रमा नौवटा ताल छन्।