तानसेनमा छाडा पशुचौपायाको व्यवस्थापन गरिँदै
तानसेन नगरपालिका क्षेत्रको छाडा चौपायको व्यवस्थापन गरिएको छ । तानसेन नगरपालिकाले रुरु गौसेवा आश्रमसँगको समन्वयमा गाईगोरुको व्यवस्थापन गरिएको हो ।
अलपत्र सडकमै रोपाई, ठेकेदार वेपत्ता हुँदा नियमक निकाय मुखदर्शक
गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा अलपत्र परेको छ ।
मोदीले दियो दूध उत्पादनमा अनुदान
दूधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पर्वतको मोदी गाउँपालिकाले दूध उत्पादनमा अनुदान सुरु गरेको छ । चालू आर्थिक वर्षदेखि कृषकहरूलाई प्रतिलिटर तीन रुपियाँ अनुदान दिन लागेको हो । दूध र मासुमा आत्मनिर्भर मनाउने रणनीति सो गाउँपालिकाले लिएको छ । यही नीतिअनुरूप पहिलो पटक दूधमा अनुदान दिन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो ।
संसदीय समितिद्वारा तटबन्ध अनुगमन
व्यवस्थापिका संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले म्याग्दीखोला र कालीगण्डकी नदीमा निर्माणाधीन तटबन्धको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । म्याग्दीबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको संयोजकत्वमा समितिका सदस्यहरू घनश्याम खतिवडा, राजबहादुर बुढा क्षत्री, पोल्देनछोपाङ गुरुङ र लालकाजी गुरुङसहितको अनुगमन टोली केही दिनअघि म्याग्दी आएको हो ।
तनहुँमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
तनहुँ, असार १९ गते । जिल्ला खेलकुद विकास समिति तनहुँद्धारा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाको १० वटै पालिकाका विद्यालयवाट विद्यार्थीहरुले भाग लिएको समितीका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितमा भलिवल, एथेलिटिक्स, कवडी, कराते, ताईगन्डो, उशु मा प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा नेकपा एमालेका नेता तथा प्रतिनिधी सभा सदस्य केदार सिग्देलले शनिबार उद्घाटन गर्नुुभएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दे प्रमुख अतिथी सिग्देलले खेलकुद मानव जीवनको अङ्ग भएको वताउनुभयो । देशलाई चिनाउने मूख्य माध्यम भनेको पनि खेलकुद भएको उल्लेख गर्दै सांसद सिग्देलले शरिर मात्र हैन मस्तिष्क पनि ताजा वनाउन मद्धत पुग्ने बताउनुभयो । ताजा मस्तिष्क र शरिरले नै जीवनमा परिवर्तन गर्ने हुदाँ खेलकुदको महत्व खेलकुद हरेकको जीवनमा अपरिहार्य भएको समेत उहाँले वताउनुभयो । खेलकुदको विविध आयाम विद्यार्थी जीवनवाट नै शुरु हुने र खेलकुदको माध्यामवाट समाज र देशको पहिचानमा पनि महत्वपुर्ण भुमिका खेल्ने हुदाँ विद्यार्थी जीवन देखी नै यसको प्रयोग हुुनुपर्ने सिग्देलको भनाई थियो ।
होमस्टेबाट महिलाको जीवनस्तरमा परिवर्तन
नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । होमस्टे सञ्चालनमा सुरुका दिन स्मरण गर्दै अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतो गाउँघरमा महिलाको जीवनस्तरमा होमस्टेले ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।
धौलागिरी लेकतिर उक्लँदै भेडाको बथान
गलेश्वर, असार १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरमा पुर्र्याउने गर्छन् । तस्बिर : रासस
फरक घटनामा दुुईको ज्यान गयो
नवलपरासी पूर्बमा बिभिन्न घटनामा शुुक्रबार दुुई जनाको ज्यान गएको छ । नवलपरासीपूर्बको मध्यविन्दु नगरपालिका १२ बेल्हानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५८ वर्षका उजी कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ ।
पाल्पामा सिँचाइले फेरिएको जीवनशैली
सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् ।