• २७ वैशाख २०८१, बिहिबार

मकै बारीमा युवक मृत फेला

blog

जनार्जन खत्री

सर्लाही, वैशाख १५ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, धर्मपुरमा शनिबार बिहान मकै बारीमा एक युवक मृत फेला परेका छन् । सोही ठाउँका सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकै बारीमा मृत फेला परेका हुन् ।

प्रहरीले घटना शङ्कास्पद रहेको जनाएको छ । शनिबार बिहान ६ बजेतिर अरविन्द मकै बारीभित्र मृत फेला पारेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । सर्लाही प्रहरी प्रमुख हरिहरनाथ योगीसहितका प्रहरी अधिकारीको टोली घटनास्थलमा पुगेर जाँच गरेको जनाएको छ ।  

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।