• १५ असार २०८२, आइतबार

सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल सुरु हुने

blog

सुदूरपश्चिम प्रदेश सभा भवन ।

अविनाश चौधरी

धनगढी, असार १५ गते । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि आजबाट छलफल सुरु हुने भएको छ । सभामा बजेट प्रस्तुत भएको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल सुरु गर्न लागिएको हो ।

बजेटमाथि छलफलका लागि आज दिनको ४ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । गत असार १ गते आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आर्थिक वर्ष २०८२–८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको थियो । 

सभामा आजदेखि लगातार तीन दिनसम्म बजेटमाथि छलफल गरेर असार १७ गते बजेट पारित गर्ने तयारी छ । केही दिन अगाडि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १७ गतेसम्म बजेट पारित गर्ने निर्णय गरेको थियो ।