व्यवस्थित बन्यो मदन–आश्रित पार्क
बागलुङ नगरपालिका–१, बाङ्गेचौर घुम्तीको मदन–आश्रित पार्क चिरिच्याट्ट परिएको छ। पार्कभित्रको झाडी व्यवस्थापन तथा पार्कले चर्चेको जग्गामा पक्की पर्खाल निर्माण गरिएसँगै पार्क आकर्षक देखिएको छ।
कर्मचारी कमिसनको मारमा किसान
पर्वतको कुश्मा नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा विक्रीवितरण हुने उपकरणमा विक्रेतासँग कर्मचारीले कमिसन लिने गरेको पाइएको हो । बजारमा व्यक्तिगत रुपमा खरिद गर्दा ४० हजारसम्ममा पाइने हलोमा कृषकहरुले ५२ हजार तिर्ने गरेको पाइएको हो ।
नवौँ राष्ट्रिय खेलकुद : सुरु भयो पोखरामा तयारी
गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ ।
कालीगण्डकी करिडोर अवरुद्ध
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।
अवरुद्व डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ः०० बजेदेखि अवरुद्व भएको थियो ।
मुक्तिनाथ–यार्तुङ मेलाको तयारी
मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथमा लाग्ने यार्तुङ मेलाको तयारी सुरु गरिएको छ । पछिल्लो दुई वर्ष कोरोनाका कारण रोकिएको यार्तुङ मेला यस वर्ष यही साउन २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । हरेक वर्षको जनैपूर्णिमाको दिन स्थानीय संस्कृतिसँग जोडिएको यार्तुङसम्बन्धी विशेष कार्यक्रम हुने गर्दछ । धार्मिक तथा सांस्कृतिकका साथै विविध खेलकुद तथा अन्य विविध कार्यक्रमको आयोजना हुने गरेका छन् ।
छोरी पेवा बचत कार्यक्रम
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ लागू गरेको छ । तीन वर्षअघि सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम लागू भएपछि बालविवाह न्यूनीकरण, बालिकाको शिक्षामा पहुँच र चेतनास्तरमा वृद्धि भएको विश्वास गरिएको छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले चालू आर्थिक वर्षमा सबै वडामा चेतनामूलक कार्यक्रम गर्न लागेको छ ।
डुम्रे बेँसीसहर सडक खण्डमा खसेको पहिराे
लमजुङ, साउन १० गते । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं १ र २ को सिमानामा मङ्गलबार साँझ पहिरा खसेर अवरुद्ध बनाएको सडक ।
शुक्लागण्डकी नगरपालिकामा जग्गा नापजाँच सुरु
तनहुँको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७ बाट आजदेखि जग्गाको नापजाँच सुरु गरेको हो ।