तामाङलाई विश्वकै उच्चस्थानमा आयोजित गल्फ उपाधि
विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जित्नुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङ स्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अंक जोड्दै पहिलो हुनुभएको हो ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक छ : पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले फेरि कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक रहेको बताउनु भएको छ।
व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने
व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्त्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिनेछ ।
पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल
कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ ।
भगवान् भेट्न ‘स्वर्ग जाने बाटो’
म्याग्दी (बेनी), भदौ ११ गते । आफन्तजन ८४ वर्ष पुग्दा खुसियालीमा भोज खुवाउन वा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्न खर्च गरिने रकम पदमार्ग निर्माणमा लगानी गर्ने चलन उदाहरणीय बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार र आसपासका गाउँलेले आफन्त ८४ वर्ष पुगेपछि भगवान् भेट्न जाने बाटो निर्माण गरिदिने अनौठो चलन चलाएका छन् । निजी खर्चमा कालीगण्डकीको तीरदेखि अन्नपूर्णको फेदीमा रहेको धार्मिकस्थल खयरभारानी थानसम्म पुग्ने पदमार्ग निर्माणको अभियान आठ वर्षदेखि कायम छ । सामाजिक सेवाको भावले गाउँलेले स्वतस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् । सुरुवातमा पाउद्वारवासीले मात्र सुरु गरेको यो अभियानमा अहिले आसपासका छिमेकी गाउँले जोडिएका छन् । खयरभारानी जाने बाटो निर्माणपछि सामाजिक सेवाका साथै पुण्य मिल्ने विश्वास यहाँका स्थानीयले गर्दै आएका छन् । खयरभारानी थान क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले भन्नुभयो, “अहिलेसम्म पदमार्ग बनाउन स्थानीयले दुई करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् ।” खयरभारानीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहँदै आएको छ । खयरभारानी प्रसिद्ध शक्तिपीठमध्येकै एक मानिन्छ । सो शक्तिपीठसम्म जान कतिपय स्थानमा पदमार्ग बनाउन र रेलिङ हाल्न अझै बाँकी छ । पाउद्वार गाउँका ८४ वर्ष पुगेका पाँच जना ज्येष्ठ नागरिकले आफ्नो ८४ पूजाको सट्टा सबैभन्दा अप्ठ्यारो उकालोमा नौ लाख ५० हजार रुपियाँ खर्चिएर भ¥याङसहितको पदमार्ग निर्माण गरिदिएका छन् । कोषका संयोजक पुनले त्यसरी निर्माण गरिएको पदमार्गलाई ‘चौरासीको उकालो’ भनेर नामकरण गरिदिएपछि पदमार्ग निर्माणमा अन्य व्यक्तिले पनि धमाधम इच्छा देखाउन थालेको बताउनुभयो ।यो पदमार्ग बनाउन स्थानीयले दुई करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् । सामाजिक सेवाको भावले गाउँलेले स्वतःस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् । हाल पोखरा बस्दै आउनुभएका स्थानीय कृष्णबहादुर तिलिजाले बाबु ८४ वर्ष उमेर पुग्नुभएको अवसरमा पूजा गर्नुभन्दा उहाँको सम्मान स्वरूप सात लाख रुपियाँको लागतमा ५८५ वटा भर्याङसहितको पदमार्ग बनाइदिनुभयो । स्थानीय तिलिजाले बाबुको इच्छामा ८४ पूजाको रकम खयरभारानीमा बाटो निर्माणमा खर्च गरिएको बताउँदै भन्नुभयो, “बाबुको इच्छा पूरा गर्न पदमार्ग निर्माण गरिदियौँ । अप्ठ्यारो भीरमा पदमार्ग बनेपछि भक्तजनलाई सहज भएको कुरा सुनाउँदा बुबा निकै खुसी हुनुभयो ।” खयरभारानीको दर्शन गर्न पुग्नुभएका बेनीका विमल रिजालले पितृको उद्धार होस् भनेर बाटो, खानेपानीको धारा र चौतारा निर्माण गरेर आफ्ना मातापितालाई स्मरण गर्ने चलन रोचक लागेको र यो चलन सामाजिक सेवाको उत्कृष्ट नमुना भएको बताउनुभयो । अझै धेरै स्थानमा पदमार्ग बनाउन बाँकी छ । गाउँलेको नमुना काम देखेर गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले १३ लाख रुपियाँ बराबरको पदमार्ग निर्माण गरिदिएको थियो । पाउद्वारदेखि खोप्रा हुँदै खयरलेकसम्म पुग्न करिब दुई दिनको पैदलयात्रा गर्नुपर्छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलामा देखिने सूर्योदय र सूर्यास्तको दृश्य, याक फार्मिङ, हरियाली घाँसै मैदान, भीरपहरा, हिमाली ताल र विभिन्न वन्यजन्तु तथा भेडापालनको अवलोकन गर्न पाइन्छ ।
कोरोनाविरुद्धको खोप लगाएपछि विद्यार्थी
बेनी नगरपालिका– २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीले खोप लगाएपछि खोपकार्डसहित विद्यार्थी ।
माछाले धानिएको वेगनासको पिप्लेगाउँ
बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ ।
पौडेललाई भावी प्रधानमन्त्री घोषणा गर्न माग
आसन्न मङ्सिर ४ गतेका लागि सङ्घ तथा प्रदेश निर्वाचनको मिति घोषणा भएसँगै नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । चुनावी अभियानका क्रममा गाउँबस्ती तथा घरदैलो भेटघाटमा रहनुभएका वरिष्ठ नेता पौडेललाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्न स्थानीय नेता तथा कार्यकर्ताले माग गरेका छन् । कांग्रेस पार्टीले मात्र होइन, गठबन्धनले नै वरिष्ठ नेता पौडललाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्नुपर्ने आवाज उठाइएको छ । बन्दीपुर गाउँपालिका–४, डुम्रेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी वक्ताले यस्तो आवाज उठाएका हुन् ।
जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाइयो
‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ ।