• १२ साउन २०८१, शनिबार

सीमान्तकृत समुदायलाई शिक्षामा सहभागी गराउन घरदैलो कार्यक्रम

blog

घरदैलोमा कार्यक्रम । तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र 

महेन्द्रनगर (धनुषा), जेठ ७ गते । दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई शिक्षामा सहभागी गराउन श्री राष्ट्रिय प्राथमिक विद्यालय, तुलसियाही, जवदीका शिक्षकशिक्षिकाहरुले घरदैलो अभियान सुरु गरेका छन् ।

धनुषा जिल्लाको अत्यन्तै पिछडिएको क्षेत्र मानिने मुखियापट्टी मुसहरनिया गाउँपालिकामा रहेको यस विद्यालयका प्रधानाध्यापक सर्वनारायण ठाकुरले शिक्षा क्षेत्रमा स्तराेन्नतिका लागि अभिभावकहरुमा जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावकहरुलाले आ–आफ्ना बालबालिकाहरुलाई समयमा तयार गरेर विद्यालय पठाउन तथा सरसफाइका साथ विद्यालयको पोसाक लगाई, किताब, कापी, कलम राखेर विद्यालय पठाउन अभिभावकलाई सुझाव दिइयो” । 

त्यसैगरि मुखियापट्टी मुसहरनिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय मिश्रले “गुणस्तरीय शिक्षाका लागि बालबालिका, अभिभावक, नागरिक समाज, सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग मह्त्वपूर्ण रहेका प्रमुख मिश्रले जिकिर गर्नुभयो । 

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवका अनुसार यस अभियानको मुख्य उद्देश्य विद्यालय बाहिर रहेको बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने रहेको बताउनुभयो । दलित, मुसहर, डोम, तथा पिछडा वर्ग समुदायका बालबालिकाहरुलाई विद्यालयमा पहुँचका लागि यो घरदैलो निकै नै लाभदायक हुने विश्वासका साथ यो घरदैलो अभियानको प्रारम्भ गरेको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, "कुनैपनि विद्यार्थी बिना कारण खुलाई ३ देखि ५ दिनसम्म लगातार विद्यालय नआएकोमा वा ८० प्रतिशत हाजिरी नपुगेकोमा परिक्षामा सहभागी हुन पाउने समेत जानकारी गराइएकाे छ ।" 

विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या ५६८ छ ।