वन पदाधिकारीमाथि आर्थिक हिनामिनाको आरोप
तनहुँको एक सामुदायिक वनका पदाधिकारीमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ । बन्दीपुर गाउँपालिका–६ मा रहेको बगरखोला सामुदायिक वनका पदाधिकारमाथि आफन्तलाई पैसा बाँडी आर्थिक हिनामिना गरेको आरोप लागेको हो। आर्थिक अनियमितता गरेकाले छानबिन गरी असुलउपर गर्न माग राखी उपभोक्ताले सोमबार डिभिजन वन कार्यालयमा उजुरी दर्ता गराएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि समितिले हालसम्म उपभोक्ताले पटक–पटक आर्थिक हिसाब माग गर्दा समितिले दिन नसकेको उपभोक्ताको भनाइ छ।
कालीगण्डकी नदीमा ५२३ मिटर लामो झोलुङ्गे पुल
लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ ।
भेटी चढाइएका सुनचाँदी सार्वजनिक
कालिका भगवती मन्दिर बागलुङमा डेढ वर्षको अवधिमा एक तोला सुन र एक सय एक तोला चाँदी भेटीको रुपमा चढेको छ ।
साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै
पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।
बेनी–जोमसोम सडक अवरुद्ध
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसाग जोड्ने एक मात्रै सडक सञ्जाल बेनी–जोमसोम सडक खण्ड आइतबार रातीको पानीले गर्दा पहिरो जाँदा अबरुद्ध भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिको सचिवालय स्थापना
नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ ।
‘एभरग्रीन कप’को उपाधि आयोजकको पोल्टामा
म्याग्दीको बेनीमा आयोजित इच्छा स्मृति पाँचौं ‘एभरग्रीन कप’ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा एभरग्रीनले मालिका युवा क्लबलाई टाईब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि जितेको हो ।
‘निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद स्थगित हुँदैन’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।
ज्वरो फैलिएसँगै कोरोनाको त्रास
पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनुभयो।