• १६ भदौ २०८१, आइतबार

बेनी–जोमसोम सडक अवरुद्ध

blog

म्याग्दी, भदौ ६ गते । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसाग जोड्ने एक मात्रै सडक सञ्जाल बेनी–जोमसोम सडक खण्ड आइतबार रातीको पानीले गर्दा पहिरो जाँदा अवरुद्ध भएको छ ।

अविरल वर्षाले गर्दा अन्नपुर्ण गाउँपालिलका अन्तर्गतका जलथले, रुप्से झरना, काभ्रे भिरमा पहिरोले गर्दा सडक अवरुद्ध भएको कालिगण्डकी करिडोर सडक आयोजनाका फिल्ड सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । सडक मर्मतका लागि प्रयास भइरहेको भए पनि पहिरो झर्न नरोकिएकोले काम हुन नपाएको शेरचनले बताउनुभयो । जलथलेमा लगातार पहिरो झरी रहेकोले गर्दा सडक खुलाउन समस्या भएको शेरचनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले अन्नपूर्ण गाउँपालिका– ३ दानाको जलथले, रुप्से र काभ्रे भीरमा पहिरोले सडक अवरुद्ध भएको बताउनुभयो । सडक खुलाउनका लागि सडक आयोजना र प्रहरी टोली खटेको भए पनि खुल्न समय लाग्ने प्रनाउ भारतीको भनाइ छ ।


Author

अमृतप्रसाद पौडेल