• १६ भदौ २०८१, आइतबार

ज्वरो फैलिएसँगै कोरोनाको त्रास

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, भदौ ५ गते । पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन्। 

सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनुभयो। अघिल्लो वर्षको तुलनामा ७० प्रतिशत ज्वरोका बिरामी बढेको बताउँदै डा .आचार्यले ज्वरोसँगै कोभिडका बिरामी पनि बढेको बताउनुभयो।

ज्वरोका बिरामी पछिल्लो एक हप्तामा बढ्न थालेका हुन्। अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढ्न थालेपछि १० बजे खुल्ने टिकट ९ बजे सारिएको छ। बिरामीको चाप जिल्ला अस्पतालजस्तै सदरमुकामको अशोक फर्मामा समेत बढेको बताइएको छ। 

पहिला बिरामीमध्ये एक/दुई जना मात्र ज्वरोका आउने गरेकोमा अहिलो धेरै ज्वरोका आउने गरेको फर्मा सञ्चालक रङ्गनाथ रेग्मीले बताउनुभयो। ज्वरोका लक्ष्यण भएका बिरामीमा कोरोना पनि हुनसक्ने बताउँदै रेग्मीले सचेत भएर उपचार गर्ने गरेको बताउनुभयो।

 चिकित्सकहरूले मौसमी ज्वरोसँगै कोरोना महामारीको खतराबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन, सरसफाइमा ध्यान दिन र उमालेर पानी पिउन सर्वसाधारणमा आग्रह गरेका छन्।