केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी
रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो ।
बुढेसकालमा नागरिकता बाँच्नलाई सहारा
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका दुई जना वृद्धले नागरिकता पाएका छन्। वडा नम्बर ८ मा बस्ने ६८ वर्षीय दानबहादुर गुरुङ र ७८ वर्षीय डमरबहादुर गुरुङले नागरिकता पाउनुभएको हो। वडाध्यक्ष रामबहादुर गुरुङका अनुसार दुवै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकता दिएको हो। “दुई वृद्धाले नागरिकता नपाएको खबर आयो, त्यसपछि वडाबाट पहल गरेका हौँ,” गुरुङले भन्नुभयो। उहाँका अनुसार दुवै जना एकल पुरुष हुनुहुन्छ। अब दुवै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकारबाट प्रदान हुने सेवासुविधा लिन बाटो खुलेको छ।
चितुवाको मुखबाट आमाले खोस्नु भयो छोरालाई : बालक गम्भीर घाइते
चितुवाको आक्रमणबाट तनहुँमा बुधबार साँझ एक बालक गंभिर घाइते भएका छन्
गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार
तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन प्राप्त गरेपछि गाउँमै पढ्ने सपना पुरा हुनेभएको हो ।
तीजको दर खाएका सयजनाभन्दा बढी बिरामी
गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् ।
अभिनेता पल शाहको मुद्दाको पेसी भदौ ८ र १५ गते तोकियो
अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ। नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा १५ गतेका लागि पेशी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।
गाउँमा राेजगारीकाे व्यवस्था गर्न बाँकी छः वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक विश्राम नलिने बताउनुभएको छ । भानु नगरपालिका–३ खहरेमा हालै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले भन्नुभयो, ‘‘मैले केही गर्न बाँकी छ राजनीतिक विश्राम लिने बेला भएको छैन ।’’
वन पदाधिकारीमाथि आर्थिक हिनामिनाको आरोप
तनहुँको एक सामुदायिक वनका पदाधिकारीमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ । बन्दीपुर गाउँपालिका–६ मा रहेको बगरखोला सामुदायिक वनका पदाधिकारमाथि आफन्तलाई पैसा बाँडी आर्थिक हिनामिना गरेको आरोप लागेको हो। आर्थिक अनियमितता गरेकाले छानबिन गरी असुलउपर गर्न माग राखी उपभोक्ताले सोमबार डिभिजन वन कार्यालयमा उजुरी दर्ता गराएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि समितिले हालसम्म उपभोक्ताले पटक–पटक आर्थिक हिसाब माग गर्दा समितिले दिन नसकेको उपभोक्ताको भनाइ छ।
कालीगण्डकी नदीमा ५२३ मिटर लामो झोलुङ्गे पुल
लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ ।