बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।
‘कर्मचारीको खुसीले धान फल्दैन’
विगतका वर्षहरूझैँ यो वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी असार १५ अर्थात् धान दिवस मनाइएको छ । धान दिवस मनाउन सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले हिलोमा पसेर रोपाइँ गरी खुसी साटे पनि किसान खुसी देखिँदैनन् । यो दिवसले वास्तविक किसानलाई भने खासै खुसी हुने वातावरण बनाउन सकेन ।
पोखरामा रोपाइँ महोत्सव : हिलोमा रमाए पर्यटक
कृषकहरु मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई सहभागी गराएर १७ औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराकासाथ पोखरा पर्यटन परिषद्ले आज महोत्सव आयोजना गरेको हो ।
व्यक्तिले दाबी गरेको जग्गा सार्वजनिक हुने अदालतको ठहर
जिल्ला अदालत कास्कीले पोखराको मुख्य बजार न्युरोड क्षेत्रमा रहेको अर्बौं मूल्य पर्ने जग्गा सार्वजनिक हुने ठहर गरेको छ । पोखरा महानगरपालिका–४ निवासी कोइराला परिवारले आफ्नो हकदाबी माग गरेको उक्त जग्गा अदालतले सार्वजनिक ठहर्ने फैसला सुनाएको हो ।
पहिरोले मध्यपहाडी लोकमार्ग र बागलुङ–म्याग्दी सडक अवरुद्ध
निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्डमा सडक अवरुद्ध
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रभावितले पाए पाँच अर्ब मुआब्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावित परिवारले घरगोठ, बोटबिरुवा र फलफूलको करिब पाँच अर्ब रुपियाँ मुआब्जा पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपियाँ वितरण भइसकेको छ ।
अस्पताल सञ्चालन सम्झौता खारेज गर्ने प्रदेशको निर्णयविरुद्ध आन्दोलन
लमजुङका सरोकारवाला नागरिकले लमजुङ जिल्ला अस्पतालसंग यसअघिको गण्डकी प्रदेश सरकारले गरेको सम्झौता वर्तमान सरकारले खारेज गर्न गरेको निर्णयविरुद्ध आन्दोलन सुरु गरेका छन् ।
दुर्घटनमा मोटरसाइकल सवार दुईजनाको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार ५:५० बजे दुर्घटना हुँदा मोटर साइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।