राष्ट्रपतिबाट नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजियो : प्रचण्ड
नेनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
बेवारिस सडकमा जनप्रतिनिधिको चासो
कास्कीदेखि गुल्मी जोड्ने छोटो सडक २५ वर्षदेखि अलपत्र परेपछि स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका, पर्वतको फलेबास नगरपालिका र महाशिला गाउँपालिकाका जनप्रतिनिधिले चासो देखाएका छन्। २०५४ सालमा स्याङ्जाका तत्कालीन सांसद हितकाजी गुरुङ र पर्वतका जिल्ला विकास समिति सभापति, वर्तमान राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा सडक निर्माणको काम सुरुवात भएको थियो।
आफ्नै संरचनामा महानगरपालिकाको डोजर
पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित ४० वर्ष पुराना आफ्नै संरचनामा डोजर चलाएको छ। व्यावसायिक प्रयोगका लागि बनाइएको भवन जीर्ण बन्दै गएपछि पोखरा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय भवनलगायत ३२ वटा सटरहरू भत्काएको छ। महानगरपालिकाकै स्वामित्वमा रहेका यी दुईवटा भवन महानगर प्रमुख धनराज आचार्य र वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोलीले भत्काएको हो। उक्त भवनको माथिल्लो तलामा पुस्तकालय, अर्कोमा ग्यालरी र भुइँ तलामा सटरहरू थिए ।
व्यापारिक भवन भत्काएर उद्यान बनाउन माग
व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ। सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखिएको स्थानीय जनप्रतिनिधि सदस्य सुरेश वाग्लेले बताउनुभयो। उहाँको नेतृत्वमा स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राख्दै जिल्ला समन्वय समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाएको छ।
गाउँको नीति नियम बनाउन भुजुङमा भदौ सभा
लमजुङको पर्यटकीय गाउँ भुजुङमा नीति नियम तथा ऐन निर्माण तथा संशोधनका लागि भदौ सभा सुरु भएको छ।
नवलपुर अदालतको फैसलाविरुद्ध अभिनेता शाह उच्च अदालत जाने
नायक पूर्णविक्रम (पल शाह) नवलपुर जिल्ला अदालतले गरेको फैसलविरुद्ध उच्च अदालत जानु हुने भएको छ।
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि २५ टावर तयार
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् ।
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर
पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन बिहीबार डोजर चलाइएको हो ।
पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत
प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ”, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ ।