कृषियोग्य जमिन बाँझो राख्न नपाइने
हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋण, अनुदानसहितको कार्यक्रमहरु सञ्चालन गरिएकाले कुनै पनि खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले वताउनुभयो ।
पुग्नै मुस्किल छ ढोरपाटन
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् ।
६१ वटा कुखुरा मार्ने चितुवा, कृषकबाट मारियो
गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मार्नुभएको हो।
पहिरोको जोखिममा स्वास्थ्य चौकी
बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको जोखिममा परेको छ। स्वास्थ्य चौकी भवन अगाडिको भाग दब्दा भवन नै भत्किने अवस्थामा पुगेको हो। २०७६ सालमा निर्माण भएको उक्त भवन सञ्चालनमा आएको वर्ष दिन नबित्दै पहिरोको जोखिममा परेको हो। भवनको माथिदेखि पहिरो झरेको छ। तलपट्टि पहिरो खसेको छ।
अर्काको नामकाे लाइसेन्स परीक्षा दिने दुई पक्राउ
सवारी साधन अनुमतिपत्रको नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये तनहुँका दुई जना तनहुँका छन् ।
ओझेलमा परेकाे मुठाचौर
पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन । तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ ।
हिमानी ट्रस्टद्वारा लमजुङका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
हिमानी ट्रस्टले लमजुङका करिब ३ हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रवार बेंसीशहरमा एक कार्यक्रमको आयोजना गरी ट्रस्टले लमजुङका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
बेनी–जोमसोम सडक अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोका कारण हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।
परिवार नियोजन गर्नेलाई पचास हजार
पोखरा महानगरपालिका–१२ ले छोरी मात्रै जन्मिएपछि परिवार नियोजन गर्ने दम्पतीलाई ५० हजार रुपियाँसहित सम्मान गर्ने भएको छ। यस आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई वडाले नै ५० हजार पुरस्कार व्यवस्था गरेको हो। पहिलो वर्षमा कम्तीमा पाँच दम्पतीलाई सम्मान गर्ने लक्ष्य रहेको पोखरा १२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले बताउनुभयो। यसका लागि वडाले साढे दुई लाख रुपियाँ बजेट विनियोजन गरिसकेको छ। छोरीको भ्रूण हत्या रोकिने अपेक्षासहित पुरस्कारको व्यवस्था गरिएको हो।