जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान विहान ९ः५५ बजे देखि सम्पर्कविहीन भएको छ ।
सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताउनुभयो ।
पोखराका नवनिर्वाचित प्रमुख आचार्यलाई २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले पोखराका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार्यले निर्वाचित कार्यालयको बदनियतका कारण ठूलो संख्यामा मत बदर भएको बताउनुभएको थियो ।
लमजुङका विद्यालयमा पूराना पाठ्यपुस्तकबाट पठनपाठन
लमजुङका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक अभाव भएको छ । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएपनि हालसम्म विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् ।
६३५ घरेलु उद्योग दर्ता
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताउनुभयो ।
चन्द्रकोटका कृषकलाई कृषि औजार
रमेश विश्वकर्मागुल्मी, जेठ १४ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाका गाउँपालिका अध्यक्ष युवराज केसी, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीलगायतले एक औपचारिक कार्यक्रमकाबीच उक्त औजारहरु वितरण गर्नुभएको हो । औजारहरु वितरण गर्दै गाउँपालिकाका अध्यक्ष केसीले कृषिको माध्यमबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषितर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी आर्र्थिक आय–आर्जन वृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सबै कृषकलाई पुग्नेगरी औजार वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिकामा आ.व.२०७७/०७८ देखि शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकार र चन्द्रकोट गाउँपालिकाको संयुक्त साझेदारीमा गाउँपालिका भित्रका वडाहरु ३, ४ र ६ मा लागू भइरहेको छ । चक्रेश्वर स्मार्ट कृषि बाख्रा तथा तरकारी पकेट समूह गठन भई समूहमा कार्यक्रम सञ्चालनमा आएकोमा चालू आ.व.को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत कृषकहरुलाई मिनी टीलर, च्याप कटर, तौल मेसिन, सिंचाई पाईप, दाना खुवाउने डुडलगायतका औजार उपकरणहरु वितरण गरिएको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम : पूर्वपदाधिकारीलाई सुविधा दिन विधेयक
गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता कुमार खड्काले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी दिनुभएको हो ।
सुध्रिएन बेनी–भकुण्डे सडकको अवस्था
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
सिमान्तकृत समुदायका उपप्रमुख दरैको समुदायको शैक्षिक स्तर उकास्ने धोको
अमरराज नहर्की तनहुँ, जेठ १३ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा सिमान्तकृत तथा अल्पसङ्ख्यक समुदायबाट एक महिला उपप्रमुख बन्नुभएको छ । नेपाली काँग्रेसको उम्मेदवार इन्दिरा दरै अत्याधिक मत ल्याई उपप्रमुख बन्नुभएको हो । दरै उपप्रमु्ख बनेपछि सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको छ । उहाँले एमालेका बसुन्धरा घर्तिले भन्दा ३ हजार ४५६ मत प्राप्त गर्नुभएको थियो । उहाँले १३ हजार ४९८ मत प्राप्त गर्नुभयो भने घर्तिले दश हजार ४२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख दरैले आर्थिक कठिनाई भएर पढ्न नपाएका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गर्ने बताउनुभएको छ । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहोस् भनेर विद्यालयमा भर्ना गराई पठनपाठनमा सहयोग पु¥याउने आफ्नो पहिलो लक्ष्य रहेको छ’ उहाँले भन्नुभयो । घरेलु हिंसापीडित महिलाको उद्धारमा टेवा पु¥याउने उहाँको भनाइ छ । व्यास नगरपालिकाको १४ वटै वडामा पुग्दा महिलाले भोग्नु परेको खानेपानी समस्याको समाधानका लागि बजेट विनियोजनाको लागि पहल गर्ने उहाँले बताउनुभयो । महिलाको क्षमता र नेतृत्व विकासका लागि समेत कटिबद्ध भएर लाग्ने उहाँको प्रतिबद्धता राख्नुभयो ।