युवा नीति निर्माण अन्तिम चरणमा
गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश युवा नीति निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । मन्त्रालयले युवा नीतिका लागि तयार पारेको मस्यौदाउपर अन्तरक्र्रिया, राय तथा सुझाव सङ्कलनको कामलाई तीव्रता दिएको छ ।
हतारले यात्रुलाई सास्ती
सार्वजनिक यातायातका सवारी साधनबीच ‘प्रतिस्पर्धा’ गरी हतार–हतार यात्रु चढाउने अनि ओराल्ने परिपाटीले सर्वसाधारणलाई सास्ती बेहोर्नु परेको छ । शिष्ट व्यवहार नहुनु अर्काे समस्या भएको यात्रुको गुनासो छ ।
देवघाटमा तीनमुखे पुल निर्माण गरिने
गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।
उत्पादन र रोजगारीसँग जोड्ने नीति बनाउन सुझाव
युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्ने नीति अवलम्बन गर्न बागलुङका युवाहरुले गण्डकी प्रदेश सरकारलाई सुझाएका छन् ।
दुर्गम मुदीको खाम्लामा सडक पुग्यो
म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका ४ मुदीको खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका ७ खारादेखि खाम्लासम्म १० किलोमिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो ।
पृथ्वीराजमार्गको अवरोध हट्यो, दुईतर्फी सवारी सञ्चालन
पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी–मुग्लिन खण्डमा सडक भासिएर भएको सवारी अवरोध हटेको छ । अबरोध भएको ठाउँमा सोमबारबाट दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भासिएको ठाउँमा सडक डिभिजन कार्यालय दमौलीले पहरो काटेर सडक फराकिलो बनाएपछि आज दिउँसो ४ः४५ बजेबाट दुवै तर्फ सवारी सञ्चालनमा आएको छ । सवारी साधन दुईतर्फी सञ्चालनमा आएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।
निर्णय गर्नेको होडबाजी, कार्यान्वयनमा समस्या हुने नागरिक समाजको तर्क
जनप्रतिनिधिहरुले दीर्घकालीन सोचका साथभन्दा पनि क्षणिक लोकप्रियताका लागि निर्णय गर्नेहरुको होडबाजी चल्न थालेको छ । निर्वचित भए पश्चात् सस्तो लोकप्रियता कमाउनका लागि गुल्मीका जनप्रतिनिधिहरुले नयाँ नयाँ निर्णयहरु गर्दै आएका छन् ।
कालीगण्डकी क्षेत्रमा विमानस्थल निर्माणका लागि अवलोकन
पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका बासिन्दालाई मध्यनजर गर्दै विमानस्थान निर्माण गर्न स्थान छनौटको काम सुरु भएको छ । तीन जिल्ला समेटिएको कालीगण्डकी क्षेत्रमा विमानस्थल आवश्यकता महशुस गरी विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अवलोकन थालिएको हो ।
विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ
जोखिमयुक्त स्थानमा भएको बस्तीले मानवीय क्षति पुग्ने भनेर विज्ञले सार्नुपर्ने सुझाव दिएका छन् ।