कालीगण्डकी दोहन रोक्न समन्वय समितिको निर्देशन
पर्वत जिल्ला समन्वय समिति कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन कार्य तीन दिनभित्र रोक्न र त्यहाँ रहेका मेसिन औजार हटाउन निर्देशन जारी गरेको छ। सो समितिले नदीमा वर्षाको समयमा हुने दोहन रोक्नका लागि कालीगण्डकी नदीवरपर रहेका मेसिनरी औजार तीन दिनभित्र हटाउन निर्देशन दिएको हो। समितिले अनुमगन निरीक्षणक्रममा नदीकिनारमा मेसिन औजार नभेटिए पनि बालुवाको घाटगद्दी गरिएको पाइएको हुँदा मालढुङ्गा–बेनी सडकवरपर राखिएका साधन तत्काल हटाउन निर्देशन दिएको हो। वर्षात् सुरु भएसँगै नदीका अधिकांश ठाउँमा जबरजस्ती बालुवा निकालिँदै आएको छ।
चर्खा काटेर राम्रो आम्दानी गर्नुहुँदै भण्डारी दम्पती
पछिल्लो समयमा चर्खा घुमाउने पेसा सबै ठाउँमा लोप हुँदै जान थालेको छ । फाट्टफुट्ट देखिए पनि यो पेसा हराउँदो रुपमा रहेको छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो कात्ने घरेलु प्रविधिको यो पेसाले स्थान पाएको देखिँदैन ।
बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ ।
लाखे नाच संरक्षणमा जुटे बेनीका युवाहरु (फोटो फिचर)
करिव तीन सय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ ।
सुनसान छन् बागलुङका घरबास
बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् ।
घोप्टेभीरको पहिरोका कारण वैकल्पिक मार्ग
लगातारको वर्षाका कारण सोमबार मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीरमा पहिरो गई सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गको प्रयोग गरिएको छ । सोमबार बिहानै घोप्टेभीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि उक्त मार्गबाट पैदल यात्रा अहिले सम्भव छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार अहिले पैदल यात्रा पनि बेनी–जोमसोम सडकखण्डको काभ्रे भीर हुँदै असम्भव छ । म्याग्दीको अन्नपूर्ण गउँपालिकाको दाना, काभ्रे, बाँदरजुङ, घोप्टेभीर हुँदै जाने बेनी–जोमसोम सडकखण्ड अव
बाढीपहिरोका कारण नासिँदैछ रुप्से झरनाको सौन्दर्य
अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो ।
वर्षापछि गैंडाकोटका केही क्षेत्र डुबानमा
अविरल वर्षापछि पूर्वी नवलपरासी गैंडाकोटका केही क्षेत्र डुबानमा परेका छन् । गैंडाकोट वडा नम्बर २ र ४ का केही क्षेत्र डुबानमा पर्न थालेका छन्।
पानी नहुँदा तनहुँमा रोपाइँ प्रभावित
पानी नपुग्दा तनहुँको टारी खेतको रोपाइँ प्रभावित भएको छ। प्रशस्त वर्षा नहुँदा मूल नफुटेपछि रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।