• ४ जेठ २०८१, शुक्रबार

तनहुँमा पहिलो पटक महिला प्रशासकीय अधिकृत

blog

प्रशासकीय अधिकृतमा कार्यरत हरिता श्रेष्ठ । तस्बिर: अमरराज नहर्की

तनहुँ, साउन १९ गते । जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयले  तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ लाई उक्त जिम्मेवारी तोकेसँगै उहाँ पहिलो महिला अधिकृत हुनुभएको छ । 

प्रशासकीय अधिकृतको रुपमा काम गरेको श्रेष्ठको पहिलो अनुभव हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा कार्यरत श्रेष्ठले शाखा अधिकृत परीक्षामा उर्तिण भएसँगै उहाँ आफ्नै जन्मभूमीको जिल्लामा काम गर्न आउनु भएको बताउनुभएको छ । 

सेवाग्राही धेरै आउने भएकोले सधैं भिडभाड हुने गरेपनि थकाई महशुस नभएको श्रेष्ठले बताउनुभयो । ‘नागरिकता बनाउन मात्रै दैनिक ८० जना भन्दा धेरै आउँछन् राहदानीका समेत गरेर दैनिक करीव १५० जना सेवाग्राही आउने गरेकोले कामको चाप धेरै छ तर आफ्नै ठाउँमा सेवा गर्न पाउँदा खुसी लागेको छ, श्रेष्ठ भन्नुभयो ।

श्रेष्ठको सेवा प्रवाह यस अघि रहेको पुरुषको भन्दा कुनै कमी नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । ३७ वर्षीया श्रेष्ठले अङग्रेजीमा स्नाकोत्तर गर्नु भएको छ । 

Author

अमरराज नहर्की