रोग पहिचानका लागि शिविर
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको पहिचान तथा रोकथामका लागि स्क्रिनिङ शिविर सुरु गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क रूपमा शिविर सुरु गरिएको हो ।
विद्यालयमा पाठ्यपुस्तक अभाव
पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएकोे तीन साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । पुस्तक पसलहरूमा किताब लिन आउने विद्यार्थीको भीड लाग्ने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको कावासोतीस्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो ।
पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्छौँ : प्रमुख आचार्य
राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका धनराज आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको नेतृत्व रहनेछ । निर्वाचित भएपछिका उहाँका कार्ययोजनालगायतमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले गरेको कुराकानी....
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने
सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ ।
भीरकोट बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका
अर्जुन काफ्ले स्याङ्जा, जेठ १६ गते । गण्डकी प्रदेशमै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल भएको भीरकोट नगरपालिकाले पूर्ण खोप सुनिश्चित नगरपालिका बनेको छ । भीरकोट नगरपालिकालाई कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । भीरकोट कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने स्याङ्जा जिल्लाको दोस्रो नगरपालिका हो । पुतलीबजार कोभिड–१९ को खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो ।कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले कोभिड–१९ नियन्त्रणमा भीरकोट नगरपालिका र सरोकारवाला संघसंस्थाहरूले खेलेको भूमिका र सफलताको चर्चा गर्नुभएको थियो । कोभिड महामारीको समयमा नगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, तत्कालीन कालिका सामुदायिक अस्पतालमा आइसोलेसन कक्षको व्यवस्थापन, हप्तामा दुई दिन निःशुल्क पिसिआर र हप्तामा सातै दिन एन्टीजिन परीक्षण, राष्ट्रिय आविष्कार केन्द्रसँगको लागत साझेदारीमा मिनी अक्सिजन प्लान्ट स्थापनालगायतका विविध कार्यक्रम गरेर कोभिड १९ नियन्त्रणको प्रयास गरेको प्रशासकीय अधिकृत भुसालले बताउनुभायो । भीरकोटमा १२ वर्षमाथिका लक्षित जनसङ्ख्या १६ हजार ९९३ जना मध्ये ९५.८८ प्रतिशत अर्थात् १६ हजार २९३ जनाले कोभिडविरूद्धको खोप लगाएका छन् । लक्षित उमेर समूहका ९० प्रतिशत जनसङ्ख्याले कोभिडविरूद्धको खोप लगाएपछि स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्न सकिने व्यवस्था छ । भीरकोट नगरपालिका समग्र स्वास्थ्य सूचकका आधारमा हेर्दा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये बाह्रौं स्थानमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताउनुभयो । फेदीखोला गाउँपालिका बाहेक स्याङ्जा जिल्लाका १० वटै पालिका र पर्वत जिल्लाका कोभिड सङ्क्रमित बिरामीहरूलाई भीरकोटको नगर अस्पतालमा क्वारेन्टाइनमा राखिएको, खानपान र औषधोपचारको व्यवस्थापन नगरपालिकाले गरेको थियो ।
२० जनाको शव प्राप्त, पोस्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा अहिलेसम्म २० जनाको शव भेटिएको छ । दुई जनाको शव विमानको भग्नावशेषबाट निकाल्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।
तारा एयरको जहाज दुर्घटना : तेह्रजनाको शव भेटियो
हेलिकोप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।
विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ । जहाज भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको सव छरपष्ट अवस्थामा रहेको र सङ्कलन कार्य सुरु भएको यार्चागुन्बु सङ्कलन गर्न पुगेका बाग्लुङका विसाल मगरले घटनास्थलबाट जानकारी दिनुभयो ।
नपामा नयाँ सडक खन्न निषेध
बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्ने कामलाई निषेध गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो नगर कार्यपालिका बैठकले प्राविधिक अध्ययन बिना सडक विस्तार गर्दा सडक गुणस्तरहीन तथा वातावरणीय रूपमा प्रतिकूल विका