बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै
तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
डिभिजन वन कार्यालय प्रदेशकै उत्कृष्ट
डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशकै सर्वोकृष्ट कार्यालय बन्न सफल भएको छ । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आइतबार प्रदेश भरीकै उत्कृष्ट कार्यालय घोषणा गरेको हो । मुख्यमन्त्रीको कार्यालयले बनाए
लाजपूर्जा पाउनुपर्ने माग राख्दै भूमीहिनको धर्ना
भूमीहिनहरुले लालपूर्जा पाउनु पर्ने माग राख्दै व्यास नगरपालिकामा धर्ना दिएका छन् । नगरपालिकाका सुकम्बासी तथा अव्यवस्थित बसोबासी तथा भूमीहिन नागरिकले प्रमुख प्रशासकीय अधिकृत समक्ष ध्यानाकार्षणपत्र बुझाउनुका साथै धर्ना दिएर दवाब दिन थालेका हुन् ।
रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने चिन्ता
बालीमा रासायनिक मल राख्न नपाउँदा तनहुँका कृषक उत्पादन घट्ने चिन्तामा छन्।
सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना
तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्वीनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृत्यु भएको थियो ।
बुवाको सपना पूरा गर्ने नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता
तिलाचन पाण्डेतम्घास, जेठ १७ गते । गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले बुवाले देख्नुभएका सपनालाई पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको गत असार ३१ गते उपचारको क्रममा काठमाडौंमा निधन भएपछि अपूर्ण कामहरु नवनिर्वाचित थापाले पूरा गर्ने दाबी गर्नुभएको हो ।प्रत्येक नागरिकको घरमा एक घर एक धारा पिउने पानीलाई पूरा गर्ने प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका पाँच हजार दुई सय घरधुरीमध्ये तीन हजार घरधुरीमा शुद्ध खानेपानी पुगेको छ ।यस्तै, गुल्मीदरबार गाउँपालिका वडा नम्वर ३ मा वनको १२ रोपनी सार्वजनिक जग्गामा वातावरणीय परीक्षण गरी डिपीआर गर्ने योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकामै क्याम्पस सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकताका साथ राखेको अध्यक्ष थापाले बताउनुभयो । गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्न आफूले प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । उहाँले कृषिलाई आधुनिकीकरण गरी गाउँपालिका भित्रका नागरिकहरुलाई आत्मनिर्भर बनाउने गरी आफूले योजना बनाएको बताउनुहुँदै गाउँपालिका भित्रको जग्गालाई बाँझो नराख्ने गरी भूमि बैंकलाई प्रभावकारी बनाउने बताउनुभयो
दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो
आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको व्लाकबक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।
पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो
पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिनुभयो ।
विमान दुर्घटनाः बाँकी शव काठमाडौं ल्याइदै
तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव काठमाडौं ल्याउने तयारी सूरु गरिएको छ । सानो हेलिकप्टरबाट १० वटा शव जोमसोमको कोवाङमा झारिएको छ भने बाँकी दुई वटा शव कोवाङ ल्याउने क्रममा रहेको उद्धारटोलीले जनाएको छ ।