पर्यटकको चाप बढेपछि कुश्माका होटल व्यवसायी उत्साहित
केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।केही वर्ष यता बनेका अग्ला र लामा पुलका कारण केही आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको होटल व्यवसायीको भनाई छ । पछिल्लो समय साहसिक पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेको हो ।
ट्रसपुल निर्माण भएपछि दर्जनौं परिवार लाभान्वित
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– ११ राङ्बास र गुल्मीबार गाउँपालिका–६ जोड्ने जाबुने ट्रसपुलको निर्माण कार्य सम्पन्न भएको छ । रेसुंगा नगरपालिकाको सिमिचौर–राङ्बास हुँदै गुल्मीदरबार–६ लाई जोड्न बठवाखोलामा २४ मिटर लम्बाई रहेको ट्रसपुल निर्माण भएपछि स्थानीयहरु निकै खुसी भएका छन् ।
बेगखोलामा पुल नहुँदा सास्ती
बेनी–जोमसोम सडक अन्तर्रगत म्याग्दीको रघुगङ्गा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल नबन्दा बर्षातका समयमा सावरीसाधनालई वारपार गर्न समस्या हुने गरेको छ । असार लागेलत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारी साधनलाई खोला वारपार गर्न कठिनाई हुने गरेको छ ।
पर्यटक राख्न सामुदायिक पाहुना घर निर्माण
पर्यटकको व्यवस्थित बसाइँका लागि बागलुङको काठेखोला गाउँपालिका –४ तंग्राममा सामुदायिक पाहुना घर सञ्चालनमा आएको छ । जनजाती बाहुल्य रहेको तंग्राम ठूलो गाउँमा वडा कार्यालयले पाहुना घर निर्माण गरेको हो ।
खोलामा डुबेर एकको मृत्यु, एक घाइते
तनहुँमा शुक्रबार दिउँसो डुबेर एक जनाको मृत्यु भएको छ।अर्का एक जना घाइते भएका छन्।
पहिरोले बस्तीमा त्रास
गल्याङ नगरपालिका–३ को लल्याङका ८० घरपरिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् । विगत १० वर्षदेखि निरन्तर बगिरहेको पहिरोले पछिल्लो समय गाउँलाई जोखिममा पु-याएको हो ।
मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द
मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नति भइरहेको मालढुङ्गा–बेनी सडक चौडा गर्न चट्टान काट्नुपर्ने भएकाले दैनिक चार घण्टा बन्द गर्न लागिएको कालीगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । निर्माणको कामलाई सहजरूपमा गति दिन असार ३२ गतेसम्म दैनिक चार घण्टा सवारी साधन चलाउन बन्द गर्ने निर्णय भएको प्रजापतिले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति मनाङको प्रमुखमा घले
जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा (एमाले)का चिनबहादुर घले निर्वाचित हुनुभएको छ ।
राजमार्गमा खाल्टाखुल्टीले दुर्घटनाको जोखिम
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा परेका खाल्टाखुल्टी मर्मत–सम्भार नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । विगत लामो समयदेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा परेका ठुल्ठूला खाल्टाखुल्टीमा पानी जम्न थालेको छ ।